गएको वर्ष ३ सय ४३ पालिकाले १ अर्ब ३३ करोड रुपैयाँका गाडी किने, तीनै तहका सरकारले मापदण्ड मानेनन्

६ भदौ ७८, आइतबार
Share this
800shares

६ भदौ, काठमाडौं ।

Advertisement

सङ्घ, प्रदेश र पालिका आफैँले बनाएका मापदण्ड मिचेर गाडी किनेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार सरकारी गाडी किन्नका लागि सवारी साधन खरिदसम्बन्धी मार्गदर्शन २०७४ तथा प्रदेशले लागू गरेका खर्चका मापदण्ड र पालिका आफैँले नियम बनाएका छन् । तर कुनैले पनि मापदण्ड पालना गरेका छैनन् ।

Advertisement

सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिकाअनुसार मुख्यमन्त्री वा समानस्तरका पदाधिकारीलाई एक करोड रुपैयाँसम्मको, सभामुख, मन्त्री र प्रमुख सचिवलाई ७५ लाख रुपैयाँसम्मका र महाशाखा प्रमुख, कार्यालय प्रमुखलाई ३० लाख रुपैयाँसम्मका गाडी उपलब्ध गराउने उल्लेख छ । तर सबैजसो प्रदेशले आफैँले बनाएका मापदण्ड मिचेका छन् ।

प्रदेश १ ले गएको वर्ष ३४ करोड १३ लाख रुपैयाँका गाडी किनेको छ । यस्तै प्रदेश २ ले नौ करोड ६० लाख, वाग्मती प्रदेशले ३३ करोड १४ लाख, गण्डकीले ३० करोड ७५ लाख र लुम्बिनी प्रदेशले २७ करोड १६ लाख रुपैयाँका गाडी किनेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

यस्तै अर्थ मन्त्रालयले जारी गरेको निर्देशिकामा सरकारले नियमित कामका लागि उपलब्ध गराएको बजेटबाट गाडी किन्न नपाइने भए पनि गएको वर्ष तीन सय ४३ पालिकाले एक अर्ब ३३ करोड २४ लाख रुपैयाँका चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन किनेका छन् ।

खरिद नगरेका पालिकाले चर्को भाडामा लिएरै गाडी चढका छन् । धेरैजसो पालिकाले वित्तीय समानीकरणको शीर्षकमा पठाइएको रकमबाट गाडी किनेका महालेखाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top