×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

एसईईका लागि छापिएका ५१ लाख प्रश्‍नपत्र थन्किए, अब के गरिन्छ ?

७ भाद्र २०७८

काठमाडौं : माध्यामिक शिक्षा परीक्षा (एसईई)का लागि प्रकाशन भएका ५१ लाख सेट प्रश्नपत्र थन्किएका छन् । भौतिक उपस्थिति सहित परीक्षा हुन नसकेपछि तयार पारीएका प्रश्नपत्रहरु थन्किएका हुन् । जसकारण ती प्रश्नपत्र छापिएर पनि विद्यार्थीको हातमा पर्न सकेको छैन ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले भने ती प्रश्नपत्रहरु बोर्डमा सुरक्षित साथ राखिएको जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले प्रश्नपत्रका सम्बन्धमा बोर्डले अहिलेसम्म कुनै निर्णय नगरेको बताए ।

Advertisement

उनले भने, ‘प्रश्नपत्र अहिलेसम्म वितरण गरिएको छैन । हामीले सुरक्षित साथ राखेका छौँ । बोर्डले निर्णय गरेर प्रश्नपत्रहरु सार्वजनिक गरौँ भन्ने निर्णय गरेमा कार्यान्वयन गर्न सकिन्छ । अर्कोपटकलाई प्रश्नपत्र प्रयोग गर्ने गरी अहिलेलाई त्यत्तिकै राखौँ भनेर पनि निर्णय हुनसक्छ ।’

कक्षा १० को पाठ्यक्रम परिवर्तन नभएकाले अर्को पटक प्रयोग गर्ने विकल्पका बारेमा पनि छलफल चलिरहेको छ । यद्यपि बोर्डले निर्णय भने गरेको छैन । एसईईको तयारीमा रहेका विद्यार्थीहरुले भने प्रश्नपत्रहरु आफूलाई वितरण गरे ‘प्रयाक्टिस’ गर्न पाइने बताउँछन् ।

परीक्षा नियन्त्रण कार्यालय(एसईई) का अनुसार एक विद्यार्थीले आठ विषय अध्ययन गर्नुपर्ने हुन्छ । एउटा परीक्षा केन्द्रमा प्रश्न पत्र पठाउँदा ५५ जना विद्यार्थी छन् भने अनुमानित ७५ वटा सम्म प्रश्नपत्र प्याक गरिएको हुन्छ । बोर्डका अनुसार प्रश्नपत्र पठाउँदा विद्यार्थी संख्याको अनुपातमा मिलाएर नपठाई कुल परीक्षा दिने विद्यार्थीमध्ये २० प्रतिशत थपेर प्रश्नपत्रको सेट तयार गरिन्छ ।

बोर्डले गत २३ साउनमा एसईई नतिजा सार्वजनिक गरेको थियो । विद्यालयले गरेको आन्तरीक मुल्यांकनका आधारमा एसईई नतिजा सार्वजनिक भएको हो । सम्वन्धित स्थानिय तहको शिक्षा विकास तथा समन्वय एकाइले बोर्डमा पठाएको प्राप्तांक विवरणलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरिएको हो । विद्यालयको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेको हुनाले बोर्डले यो वर्ष नतिजा विश्लेषण गरेन ।

यो वर्ष ५ लाख १७ हजार विद्यार्थीले एसईई परीक्षाका लागि फार्म भरेका थिए । कोरोना संक्रमण भएपछि भौतिक उपस्थितिमा परीक्षा हुन सकेको थिएन । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म हुने भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको थियो । जसकारण विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गर्दै नतिजा प्रकाशन गरेको थियो ।

Advertisement

प्रश्नपत्र व्यवस्थापनबारे बोर्डले ठोस कदम नचाल्दा भर्खरै भर्ना भएका कक्षा १० का विद्यार्थीहरु अलमलमा छन् । गत वर्ष तयार पारिएका ५० लाख प्रश्नपत्र पनि हालसम्म वितरण गरिएको छैन ।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top