हरिमोहनले गरे ९० औं पटक रक्तदान, सय पटक पुर्याउने इच्छा

८ भदौ, विराटनगर ।
विराटनगर मेनरोडका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९० औं पटक रक्तदान गरेका छन् । सोमबार विराट अस्पतालमा उपचारत मोरङ उर्लाबारीका सञ्जय माझीका लागि उनले रक्तदान गरेका हुन् ।

आइतबार राति उर्लाबारी-४ वरगाछीमा भएको मोटरसाइकल दुर्घटनामा परि माझीको अस्पताल भर्ना गरिएका उनको करङ भाँचिएर छातिमा रगत जमेको र शल्यक्रियाका लागि ए पोजेटिभको ताजा रगत आवश्यक भएको डाक्टरले भनेका थिए । त्यसैले ए पोजेटिभ भएका श्रेष्ठले रक्तदान गरेको विरामीका दाजु भोलानाथ माझीले बताए ।

श्रेष्ठले तीन-तीन महिनामा रगतको आवश्यक परेका विरामीलाई दिउँसो राति केही नभनी रगत दिंदै आएका छन् । यसअघि पनि उनले बैशाख १९ गते खोटाङ चिसापानीकी उर्मिला राईका लागि उनले रक्तदान गरेका थिए । यस पटक तीन महिना पुग्नसाथ रक्तदान गर्न खोजेपनि कोरोना खोप लगाएको २४ दिनपछि मात्र पाइने भएपछि ढिलो गरी रक्तदान गर्नु परेको बताए । कम्तीमा एक सय पटक रगत दिने रहर रहेको श्रेष्ठले बताए ।

Advertisement

विराटनगरमा १०० पटक भन्दा बढी रगत दिनेमा डा केएन ठाकुरको कीर्तिमान छ । यस्तै नेपालमा प्रेमसागर कर्मचार्य (काठमाडौं) १६६ पटक र बढी पटक रक्तदान गर्ने नेपालीमा अर्जुन मैनाली छन् । हाल अमेरिकामा रहेका मैनालीले आफ्नो रक्तदानको ३४ औं वार्षिकोत्सव मनाउ“दै शुक्रबार १९९ पटक रक्तदान गरेका हुन् । यस अवधिमा उनले दिएको रगत ५ सय ९७ जनाको जीवन रक्षाका लागि उपयोग भएको जनाइएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top