बहुमूल्य कस्तूरीको बीणा र चितुवाको छालासहित पाँच जना पक्राउ

७ भदौ ७८, मंगलबार

८ भदौ, दाङ ।

Advertisement

बहुमूल्य कस्तूरीको बीणा र चितुवाको छालासहित प्रहरीले दाङबाट पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिणासहित पक्राउ पर्नेमा घोराहीको होटेल टु डे प्लाजाबाट घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसी रहेका छन्। बिणाको तौल ३१ ग्राम २ सय मिलिग्राम रहेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार प्रहरीले दुबै अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ ।

त्यसैगरी अर्को घटनामा प्रहरीले चितुवाको तीनवटा छाला सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बैतडीका प्रदीपकुमार विक,विमल औजी र हेमन्त औजी अमिलियाबाट पक्राउ परेका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top