पौडेलपक्षका जिल्ला सभापतिहरुले पार्टी कार्यालयमा धर्ना दिने

पौडेलपक्षका जिल्ला सभापतिहरुले पार्टी कार्यालयमा धर्ना दिने

८ भदौ, काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले पार्टी कार्यालयमा धर्ना दिने भएका छन्।

क्रियाशील सदस्‍यको सूची सार्वजनिक गर्न र दुई दिन सच्‍याउने समय दिइनुपर्ने मागसहित आज ११ बजे संस्थापनइतरका जिल्ला सभापतिहरुले पार्टी कार्यालयमा धर्ना दिन लागेका हुन्।

उनीहरुले क्रियाशील सदस्‍यको सूची सार्वजनिक गर्न शनिबारनै दुई दिनको समय दिएर सभापतिलाई ज्ञापन पत्र बुझाएका थिए।जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने लगायतका माग संस्थापनइतरका जिल्ला सभापतिहरुको छ ।

नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको विवाद ’टुंगिएको’ बताइएको छ। क्रियाशील सदस्यताका सन्दर्भमा देखिएको विवाद समाधान गर्न गठित ३ सदस्यीय कार्यदलले विवाद समाधानको खाकासहित सोमबार बेलुकी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल समेतको उपस्थितिमा कार्यदलले सोमबार बेलुकी देउवालाई प्रतिवेदन बुझाएको हो।

कृष्ण सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मेलित कार्यदलले प्रतिवेदन बुझाएपछि क्रियाशील सदस्यताको विवाद टुंगिएको दाबी गरिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.