नेकपा (एकीकृत समाजवादी)को अन्तरिम विधान : १७ पदाधिकारी, अध्यक्ष राष्ट्रिय परिषद्ले चुन्ने

नेकपा (एकीकृत समाजवादी)को अन्तरिम विधान : १७ पदाधिकारी, अध्यक्ष राष्ट्रिय परिषद्ले चुन्ने

८ भदौ, काठमाडौं ।

माधक कुमार नेताल नेतृत्वकाे प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ ।

चन्द्रगिरीमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएकाे विधानअनुसार अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, ७ सचिव गरी १७ पदाधिकारी हुनेछन् । उनीहरुसहित ११५ पूर्ण र ३६ जना वैकल्पिक केन्द्रीय सदस्य हुनेछन् ।

केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु भने राष्ट्रिय परिषद्बाट चुनिने भएकाे छ । हरेक ५ वर्षमा हुने महाधिवेशन हुन्छ, जसले राष्ट्रिय परिषद्का सदस्यहरु चुन्नेछ । परिषद्मा प्रत्येक जिल्लाबाट प्रतिनिधिसभा क्षेत्र बराबर, एक महिला तथा एक दलित हुनेछन् । प्रस्तावित विधानमा पार्टीको जनसंगठनबाट एक–एक जना तथा महिला, युवा र विद्यार्थी संंगठनबाट तीन–तीन जना, अन्य जनसंगठनबाट एक–एक जना, प्रदेश सम्पर्क कमिटीबाट एक–एक जना र खुला १०० जना राष्ट्रिय परिषद्का सदस्यहरु महाधिवेशनबाट चयन गर्ने उल्लेख छ ।

राष्ट्रिय परिषद्का सदस्यहरुले केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका सदस्य र पदाधिकारीहरु चुन्नेछ । पार्टीको अध्यक्ष र पदाधिकारीहरु पनि महाधिवेशनबाट होइन, राष्ट्रिय परिषद्बाट चुनिने जनाइएकाे छ ।

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको विधान

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.