माधव नेपालको पार्टीकाे सनाखतका लागि निर्वाचन आयोगले तोक्यो समय

८ भदाै, काठमाडाैं।

Advertisement

निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र समाजवादी लोकतान्त्रिक पार्टीकाे सनाखतका लागि बुधबारको समय तोकिदिएको छ। आयोगले दुवै पक्षलाई भोलि साढे ११ बजेदेखि २ बजेभित्र आइपुग्न भनेकाे हाे।

राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ ।आयाेगका अनुसार एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी)ले २२ जना सांसद र ५८ जना केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्नेछ ।

Advertisement

कोभिड १९को मापदण्ड पालना गर्दै भिडभाड नहुने गरी समय र स्थान निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top