कांग्रेस जिल्ला सभापतिहरुको धर्नालाई शेखर र गगनको समर्थन

८ भदाै, काठमाडाैँ ।

क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्वलाई दिवाव दिन सुरु गरेका छन् ।

मंगलबार बिहानै सानेपास्थित पार्टी केन्द्रिय कार्यालय पुगेका उनीहरुले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै धर्ना दिन सुरु गरेका हुन् । १४ औं महाधिवेशनको तयारीमा जुटेका आफूहरुलाई महाधिवेशनको तयारीका लागि पनि क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी नेतृत्वलाई दवाव दिन धर्ना कार्यक्रम सुरु गर्नु परेको नेपाली काँग्रेसका रामेछाप जिल्ला कार्य समितिका सभापति लबश्री न्यौपानेले जानकारी दिए। उनले महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न पनि आफूहरुले पार्टी नेतृत्वलाई दवाव दिएको स्पष्ट पारे ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने मिति पछिल्लो समय पुनः तोकिएको छ । काँग्रेस सभापतिहरुले सो मितिमै पार्टीको महाधिवेशन सम्पन्न गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिन पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिनु परेको स्पष्ट पारेका छन । धर्ना कार्यक्रममा पुगेर नेपाली काँग्रेसका नेताहरु शेखर कोइराला, अर्जुन नरसिंह केसी र गगन थापाले पनि अभिलम्ब क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन । नेता कोइरालाले क्रियाशील सदस्यता वितरणमा देखिएको त्रुटि सच्याउन पनि पार्टी नेतृत्वले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे । उनले जिल्ला सभापतिहरुको माग सम्बोधन गर्न पार्टी नेतृत्वलाई दवाव समेत दिए ।

अर्का नेता केसीले नेपाली काँग्रेसका हरेक सदस्यहरुले आफ्नो कार्य क्षेत्रको क्रियाशील सदस्यहरुको जानकारी पाउने अधिकार सुनिश्चित गर्न पनि पार्टी नेतृत्वले तत्काल क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न ढिलाई गर्न नहुने बताए । उनले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसका हरेक सदस्यहरुले क्रियाशील सदस्यबारे जानकारी गराउने लोकतान्त्रिक अधिकार हनन् हुन नहुने पनि बताए ।

युवा नेता गगन थापाले अभिलम्ब क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न पार्टी नेतृत्वको गम्भिर ध्यानाकर्षण गराए । क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अधिकार पार्टीको सिंगो पंक्तिलाई रहेकाले पनि काँग्रेस नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाई गर्न नहुने उनको तर्क थियो ।

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले महाधिवेशन समयमै हुने गरी तयारी गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिने काम गरिरहेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top