लुम्बिनी प्रदेश सरकार अवैध भएको एमालेकाे निष्कर्ष, मान्यता नदिने

८ भदाै, रुपन्देही ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई ‘मान्यता नदिने’ जनाएको छ ।

एमालेले सूर्य चिह्नबाट चुनाव जितेका सांसदद्वय विमला वली र अजय शाहीलाई पदमुक्त गर्न गरेको आग्रहलाई बेवास्ता गरी सोमबार आफूहरुले बहिष्कार गरेको प्रदेशसभाबाट विश्वास मत लिएको भनिएको मुख्यमन्त्री र प्रदेश सरकारलाई नमान्ने जनाएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने बेलामा प्रमुख प्रतिपक्ष एमाले प्रदेश सभा बैठक नै छोडेर बाहिरिएको थियो ।  एमाले संसदीय दलले विपक्षी दललाई विश्वासको मत लिने विषयमा जानकारी नहुनु, कार्यव्यवस्था परामर्श समितिमा पहिले छलफल नहुनु र सदनमा विवादित विषयलाई नटुंगाई अगाडि बढ्नु गैरसंवैधानिक भएको तर्क गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रदेश सभामा सोमबार ‘नाटक मञ्चन’ गरिएको भन्दै त्यस्तो नाटकबाट बनेको सरकार असंवैधानिक रहेको बताए । उनले भने ‘सरकार बन्दा नै वैधानिक प्रक्रिया पुरा भएको छैन, त्यस्तो अवैधानिक नाटकलाई हामीले मान्यता दिने कुरा नै आउँदैन ।’

प्रमुख सचेतक ढकालले सरकार बन्दा नै वैधानिक प्रकृया पूरा नभएकाले यसलाई एमालेले मान्ने कुरै नआउने बताए ।प्रतिपक्षबिना नै लिएको विश्वासको मतको कुनै अर्थ र वैधानिक स्पष्टता नहुने एमालेको दावी छ ।

प्रमुख प्रतिपक्षको बहिष्कारबीच मुख्यमन्त्री केसीले सोमबार प्रदेश सभाका ८० मध्ये ४२ जनाको मत पाएका थिए । केसीलाई कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र १ स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top