×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

जोखिम भत्ता नपाएको स्वास्थ्यकर्मीको गुनासो

८ भाद्र २०७८

८ भदाै, कैलाली ।

कोरोना भाइरसको रोकथाम र सङ्क्रमितको उपचार व्यवस्थापन लगायतको काममा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीले दिनरात नभनी कार्यसम्पादन गरिरहेका छन् ।

Advertisement
Advertisement

सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्दा स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सङ्क्रमणको जोखिम पनि बढी हुन्छ । कोरोना जोखिमकाबीच अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सङ्क्रमित पनि भइरहेका छन् भने यो रोगको सङ्क्रमणकै कारण कतिपय व्यक्तिको मृत्यु भएको छ । काम गर्ने क्रममा सङ्क्रमित भएका उपचार व्यवस्थापनपछि पुनःआफ्नो काममा फर्किइरहेका पनि छन् । यस्ता कर्मचारीको मनोबल उच्च बनाउन सरकारले जोखिम भत्ता उपलब्ध गराइरहेको छ । तर अहिलेसम्म धेरै स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउन नसकेको गुनासो आउन थालेको छ ।

कैलालीको त्रिनगर सीमा नाकाको ‘हेल्थ डेस्क’मा खटिएका अहेब गणेश साउदले धेरै स्वास्थ्यकर्मीले अहिलेसम्म सरकारले तोकेको जोखिम भत्ता पाउन नसकेको बताए । ‘‘सङ्क्रमणको जोखिम मोलेर काम गर्नेलाई जोखिम भत्ता दिने सरकारको निर्णयले स्वास्थ्यकर्मीमा हौसला बढेको थियो’’,उनले भने, ‘‘विभिन्न संघ संस्थावाट खटिएर हाम्रै टोलीमा काम गर्ने कतिपय स्वास्थ्यकर्मीले जोखिम भत्ता आफूले भने पाउन सकेका छैनन् ।’’

सम्बन्धित निकाय वा कार्यालयले आफ्ना नजिकका र पहुँच पुगेका स्वास्थ्यकर्मीलाई मात्र यस्तो भत्ता दिने गरेको उनको गुनासो छ । उक्त हेल्थ डेस्कमा काम गर्नेमध्ये गएको जेठ महिनामा आठजना स्वास्थ्यकर्मी सङ्क्रमित पनि हुनुपरेको थियो । उनीरु आइसोलेशनमा बसेर उपचार व्यवस्थापनपछि पुनःकाममा फर्किएका थिए ।

सङ्क्रमण भई १० दिन धनगढीको कनरीस्थित आइसोलेशनमा बसेका अर्का एकजना स्वास्थ्यकर्मीले भने,‘‘जोखिम भत्ता नपाएर पनि सङ्क्रणको जोखिमकाबीच आफ्नो जिम्मेवारी पूरा गर्न आफूहरु पछि परेका छैनौं ।’’ हेल्थ डेस्कमा विभिन्न सङ्घ संस्थाबाट खटिने स्वास्थ्यकर्मीले जोखिम भत्ता पाइरहँदा पुनरर्वास नगरपालिका कार्यालयबाट खटिएका नौजना स्वास्थ्यकर्मीले अहिलेसम्म यस्तो भत्ता नपाएको जनाइएको छ । ‘‘सरकारले मासिक तलबको ५० प्रतिशतका दरले जोखिम भत्ता दिने भन्ने सुनिएको थियो’’, हेल्थ डेस्कका स्वास्थ्यकर्मीले भने,‘‘यस्तो भत्ता नपाए पनि स्वास्थ्य सेवामा खटिनुपर्ने भूमिका निर्वाह गरिरहेका छौं, कामलाई कर्तव्य सम्झेर काम गरिरहेकै छौं ।’’

हेल्थ डेस्कमा भारतबाट भित्रिने नागरिकको एन्टिजेन परीक्षणका अलावा मलेरिया र क्षयरोगको पनि नमूना सङ्कलन गर्ने गरिएको छ । ‘‘नमूना जाँच गर्दा सङ्क्रमित भेटिएमा सम्बन्धित व्यक्तिलाई एम्बुलेन्समार्फत् आइसोलेशन पु¥याइन्छ,’’ हेल्थ डेस्कका कर्मचारीले भने, ‘‘नतिजा नेगेटिभ आएकालाई भने मास्क उपलब्ध गराई स्वास्थ्यसम्बन्धी परामर्श पनि दिने गरेका छौं ।’’

सङ्घीय सरकारले कोरोना भाइरसको रोकथामका लागि अग्रपङ्क्तिमा खटिने कर्मचारीलाई मासिक पारिश्रमिकको ५० प्रशितका दरले जोखिम भत्ता दिने निर्णय गरेको भए पनि बजेट नपठाउदा चालू वर्षमा यो भत्ता रकम कहाँबाट जुटाएर दिने भन्नेमा अन्योल भएको कञ्चनपुरको पुनरर्वास नगरपालिकाका निमित्त लेखाअधिकृत रामकृष्ण रसाइलीले बताए ।
आर्थिक वर्ष २०७७÷७८ मा अग्रपङ्क्तिमा खटिने २०÷२२ स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराइएको उनले बताए । सङ्क्रमण भएका र शङ्कास्पद सङ्क्रमित व्यक्तिलाई गन्तव्यमा पु¥याउने कामको खटपटन र सुरक्षाको व्यवस्थापन लगायतको काममा खटिने सुरक्षाकर्मीले पनि जोखिम भत्ता रकम पाउन सकेका छैनन् ।

स्थानीय पालिकामा खटिने कतिपय प्रहरीले जोखिम भत्ता पाएको सुनिए पनि धेरै सुरक्षाकर्मीले यस्तो भत्ताबिना नै काम गर्नु परेको एक प्रहरीले गुनासो गरे । उनले भने,‘‘भारतबाट भित्रिएका शङ्कास्पद सङ्क्रमित नागरिकलाई गन्तव्य पु¥याउने काममा सङ्क्रमणको जोखिमकाबीच खटिनु पर्यो, कतिपय प्रहरी पनि सङ्क्रमित हुनुप¥र्यो, तर पाउने भनिएको जोखिम भत्ता अहिलेसम्म पाएका छैनौं ।’’

प्रहरीको पहलमा कोरोना रोकथामको लागि कैलालीसहितका जिल्लामा ‘तपाईको मास्क खोई’? अभियान सञ्चालन भइरहेको छ । तर धेरै सर्वसाधारणबाट मास्कको प्रयोग गर्न बेवास्ता भइरहँदा यो अभियान कार्यान्वयन गर्न चुनौती देखिएको छ ।

‘‘नाक मुख छोपिने गरी लगाउनुपर्ने मास्क चिउँडोमा लगाउने, गोजीमा राखेर हिँड्ने प्रवृत्ति देखिँदा समस्या भयो’’,त्रिनगर प्रहरीचौकी कैलालीका प्रमुख प्रसनि रमेश शाहीले भने,‘‘मास्क प्रयोग नगरी हिँड्नेलाई मास्क प्रयोग गर्न पटकपटक सम्झाइबुझाइ गर्दा पनि विभिन्न बहाना बनाउने स्वभाव देखिँदा चुनौती देखिएको छ ।’’

Advertisement

सुदूरपश्चिम प्रदेशमा गएको वैशाख र जेठ महिना कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दर उच्च थियो । असार महिना शुरु भएसँगै सङक्रमण केही घटेको छ । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्डपालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले कोरोना भाइरस सङ्क्रमणको जोखिम यथावत् रहेको स्वास्थ्यकर्मीको भनाइ छ । यो रोगको रोकथामका लागि कैलालीसहितका जिल्लामा जारी गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्डपालना नहुँदा सङ्क्रमण जोखिम यथावत् रहेको हो ।रासस

भर्खरको समाचार

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

सम्बन्धित खबरहरु

Scroll to Top