श्रीमान १० वर्षदेखि विदेशमा, श्रीमतीले बच्चा जन्माएर गरिन् हत्या

८ भदाै, कैलाली ।

शिशुको हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिका-७ ढाँणकी  की ३५ वर्षीया माधवी कार्की पक्राउ परेकी हुन् ।

कार्कीले आफ्नै नवजात शिशुको पासो लगाएर हत्या गरेकाे खुलेकाे छ । नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई खबर गरेका थिए। मकै बारीमा शिशु जन्माएको र जन्मिएलगत्तै केराको बोक्राले पासो लगाएर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए।

अवैध सम्बन्धबाट गर्भ रहेकाले शिशुको हत्या गरेको उनको भनाइ छ । माधवीका श्रीमान् १० वर्षअघि वैदेशिक रोजगारीमा छन् । उनी सम्पर्कमा नरहेको प्रहरीको भनाइ छ । माधवीका १३ र ९ वर्षका दुई सन्तान छन् ।

गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्धबाट गर्भ रहेको थाहा पाएपछि आफन्तले शिशु ती युवाले जिम्मा लिनुपर्ने भन्दै आइरहेका थिए । प्रहरी निरीक्षक शाहीले ती युवकमाथि पनि छानबिन सुरु भएको बताए।

महिलालाई पक्राउ गरेर कर्तव्य ज्यानमा मुद्दा चलाएको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top