८ भदाै, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।
श्रीमतीको नाममा सेयर किनेर चलखेल गरेपछि विवादमा मुछिएका साउदले मंगलबार अर्थ मन्त्रालयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको उपस्थितिमा राजीनामापत्र बुझाएका छन् ।
राजीनामा दिएपछि उनले कुनै पदीय मर्यादा विपरीत नगरेकाे बताएका छन् । उनले विवादमा परेको सेयर पनि कानुनअनुसार नै किनेको तर अनुसन्धानलाई सहयोग पुर्याउनका लागि पद छाडेको बताए ।