दिल्लीबाट झलनाथको सम्बोधन : हाम्रो केन्द्रमा मध्यपन्थी जन्मिए, तर धेरै टिक्दैनन्

दिल्लीबाट झलनाथको सम्बोधन : हाम्रो केन्द्रमा मध्यपन्थी जन्मिए, तर धेरै टिक्दैनन्

८ भदाै, काठमाडौं ।

भारतमा उपचाररत नेता झलनाथ खनालले आफूहरुको समूहमा मध्यपन्थी अवसरवाद जन्मिएको भन्दै उनीहरु लामो समय टिक्न नसक्ने दावी गरेका छन् ।

दिल्लीबाट टेलिफोनमार्फत प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले माधव नेपाल समूह छाडेर एमालेमा बसेका १० जना स्थायी कमिटी सदस्यप्रति कटाक्ष गरेका हुन् ।

उनले भने- हाम्रो स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थीले नराम्ररी अल्झायो । यो भनेको मध्यपन्थी अवसरवादको रुप हो । अन्ततःयसले दक्षिणपन्थीलाई सघाउँछ । तर मध्यपन्थीको आयु लामो हुँदैन,यो अल्पायुको हुन्छ र चाँडै परिणाम देखाउँछ । हाम्रो केन्द्रमा मध्यपन्थी जन्मियो ।

खनालले केन्द्रमा देखिएको मध्यपन्थी प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म फैलिने भन्दै केपी ओलीविरुद्धको भण्डाफोर अभियानलाई मध्यपन्थीहरुविरुद्ध पनि केन्द्रित गर्नुपर्ने बताए ।

अस्पतालको शय्याबाटै सम्बोधन गरेका खनालले आफू आउँदो सोमबार काठमाडौं आइपुग्ने जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.