शुल्क विवादले इञ्जिनियरिङ सङ्कायको परीक्षा अन्यौलमा

८ भदौ ७८, बुधबार

८ भदाै, काठमाडाैँ ।

इञ्जिनीयरिङ कलेजहरुले अनलाइन कक्षा सञ्चालन भएको बेलामा पनि खेलकूदलगायतका अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न बिबादका कारण परीक्षा अन्यौलमा परेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका १० निजी कलेजमा विद्यार्थीले अनलाइन कक्षा पढिरहँदा प्रशासनले खेलकूद, भ्रमण, प्रयोगशाला, पुस्तकालयलगायत शीर्षकमा शुल्क लिइरहेका छन् । परीक्षाभन्दा पहिले शुल्क सबै तिर्नुपर्ने भए पनि विद्यार्थीले आफूहरु सहभागी नभएका क्रियाकलापमा शुल्क लिन नहुने भन्दै त्यसको विरोध गरेका छन् । कलेजमा धर्ना गरिरहेका विद्यार्थीले यी माग सम्बोधन नहुँदासम्म परीक्षा सञ्चालन गर्न नहुने बताउँदै आएका छन् । स्नातक तहको सबै वर्षको परीक्षा अर्काे महिनाको पहिलो साता गर्ने तयारी रहेको छ ।

Advertisement

चालू आवमा पनि गत वर्ष भौतिक कक्षा हुँदा जसरी नै शुल्क लिन खोजिएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियू) का सचिवालय सदस्य इन्द्र पौडेलले बताए । उनका अनुसार कलेजमा कोभिडका कारण अतिरिक्त क्रियाकलाप नभए पनि त्यसको शुल्क लिइरहेका छन् । कलेजले औसतमा एक सेमेस्टरको एक लाखसम्म लिने गरेको उनले बताए । उनले भने, “कुनै एउटा शीर्षकको शुल्कमा छुटभन्दा पनि समग्रमा नै विद्यार्थीलाई राहत हुने गरी छुट हुनुपर्छ ।”

कोभिडका कारण अभिभावकको आम्दानी कम भएकाले पनि विद्यार्थीसँग बढी शुल्क लिन नहुने पौडेलले बताए । विद्यार्थीसँग बढी शुल्क लिए पनि अनलाइन कक्षा हुँदा कुनै पनि प्रयोगात्मक भएको छैन । इञ्जिनीयरिङ विषय भए पनि प्रयोगात्मक नहुँदा विद्यार्थीले केही सिक्न नसक्ने पौडेलले बताए ।

शुल्क विवाद चाँडो समाधान नभएमा स्नातक तहका सबै वर्षको परीक्षालाई असर गर्ने नेपाल विद्यार्थी सङ्घका नेता भुवन भट्टले बताए । कुनै पनि प्रयोगात्मक नहुँदा एकातिर विद्यार्थीले सिक्न सकेका छैनन् भने कलेजले प्रयोगात्मक क्रियालापहरुको शुल्क लिइरहेका छन् । कलेजले आधा शुल्क घटाउनुपर्ने उनले बताए ।

शुल्क छुट गर्नुपर्ने माग गर्दै विद्यार्थीले कुनै कलेजमा धर्ना गरिरहेका छन् भने कतै तालाबन्दी गरेका छन् । कुनै कलेजमा सबै विद्यार्थी सङ्गठनले संयुक्त रुपमा त कतै फरक फरक सङ्गठनले फरक कार्यक्रम गरिरहेका छन् । विद्यार्थीले आआफ्नो कलेज र संस्थानको कार्यालयमा आन्दोलन गरिरहेका हुन् ।

विद्यार्थीले केही साता पहिलेदेखि आन्दोलन गरिरहँदा पटकपटक इञ्जिनीयरिङ अध्ययन संस्थानलाई समन्वयका लागि अनुरोध गरिरहेको छन् । विद्यार्थीले संस्थानले समन्वयमा चासो नदिएको आरोप लगाएका छन् भने संस्थानले कलेजसँग वार्ता भइरहेकाले समाधान निस्कने अपेक्षा गरेको जनाएको छ । संस्थानले फारम भर्ने मिति आजसम्मका लागि तोकेको छ । विद्यार्थीले ११ गतेसम्म अतिरिक्त शुल्क तिरेर फारम भर्न पाउनेछन् ।

संस्थानले निजी कलेजलाई शुल्क घटाउन भनेको र कलेज पनि त्यसमा सहमत भएको संस्थानका डिन शशिधरराम जोशीले बताए। कलेजले चाँडो विवाद समाधान गरेर समयमा नै परीक्षा हुने वातावरण बनाउनुपर्ने उनले बताए ।

त्रिभुवन विश्वविद्यालयका पाँच आङ्गिक कलेजमा शुल्क समस्या नभए पनि निजी कलेज खुलेदेखि नै शुल्कमा समस्या देखिन थालेको हो । विसं २०५० मा विश्वद्यिालयले निजी कलेजलाई सम्बन्धन दिन थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही वर्ष पहिले ती कलेजहरुले अधिकतम कतिसम्म शुल्क लिन पाउँछन् भनी मापदण्ड बनाएको थियो । सरकारले निर्धारण गरेको मापदण्डभन्दा बढी शुल्क लिँदाबाहेक संस्थानले हस्तक्षेप गर्न नमिल्ने डिन जोशीले बताए ।रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top