×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

९ भदौ, काठमाडौं ।

२० वर्षपछि पुनः अफगानिस्तानको सत्तामा आएर सरकार गठनको प्रक्रिया अघि बढाएको तालिबानले अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त गरेको छ । अफगानिस्तानको पाजहोक समाचार एजेन्सीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेअनुसार तालिबानले मंगलबार गुल आगालाई अर्थमन्त्री र सदर इब्राहिमलाई कार्यवाहक गृहमन्त्री बनाएको हो ।

साथै तालिबानले गुप्तचर प्रमुख, काबुलको गभर्नर र शिक्षा विभाग प्रमुख पनि नियुक्त गरेको छ । सखउल्लाहलाई कार्यवाहक शिक्षा प्रमुख र अब्दुल बाकीलाई उच्च शिक्षाको कार्यवाहक प्रमुख बनाइएको छ ।

मुल्ला शिरिन काबुलको गभर्नर, हमदुल्ला नोमानी काबुलको मेयर र नजिबुल्लाह गुप्तचरको प्रमुख नियुक्त भएका छन् । तालिबानले यसअघि आफ्नो प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई संस्कृति तथा सूचनामन्त्री नियुक्त गरेको थियो ।

यसअघि गत सोमबार तालिबानले अमेरिकी सबै सैनिक अफगानिस्तानबाट फिर्ता नभएसम्म सरकार नबनाउने जनाएको थियो । अमेरिकी सैनिकलाई ३१ अगष्टपछि अफगानिस्तानमा रहन नदिने पनि जनाएको थियो ।

अमेरिका र बेलायतले आफ्ना नागरिक तथा मित्र देशका नागरिक र अफगानिस्तानका नागरिकहरुलाई उद्धार गर्न अफगानिस्तानमा सेना खटाएका छन् । काबुल एयरपोर्टमा अमेरिकामा ५ हजार बढी सेना तैनाथ छन् । उनीहरुले विमानस्थल नियन्त्रणमा लिएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top