×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

निर्धारित समयमा काम पूरा नहुँदा बसपार्क व्यवस्थापनमा समस्या

९ भाद्र २०७८

९ भदौ, काठमाडौँ ।

दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माणको काम निर्धारित समयमा पूरा नहँदा बसपार्क व्यवस्थापनमा समस्या भएको छ । साविकको बसपार्कलाई अन्यत्र स्थानान्तरण गरी विसं २०७३ साउनबाट निर्माण सुरु गरिएको उक्त टावरको काम अहिले कछुवा गतिमा भइरहेको छ ।

Advertisement
Advertisement

निर्माण सुरु गरिएको पाँच वर्षमा सक्ने गरी थालिएको उक्त काम हालसम्ममा ३५ प्रतिशत मात्र सकिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसक्दा बसपार्क कहाँबाट सञ्चालन गर्ने भनेर अन्योल थप चुलिएको छ ।

टावर निर्माण भइरहेको स्थानबाट सञ्चालन भएको बसर्पाक खुलामञ्चमा सारिएको थियो । गत वैशाख १६ गतेदेखि उक्त स्थानबाट पनि बसपार्क हटाइएको छ ।

यातायात व्यवसायीले भने आफूहरुले साविकको स्थानबाटै बसपार्क सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । महानगरपालिकाले उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित समितिले तत्कालका लागि कामपा भएर चल्ने लामो दूरीको सार्वजनिक सवारी साधन सल्लाघारीबाट सञ्चालन गर्न सुझाएको छ ।

महानगरपालिकाको निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेका अनुसार कामपाले निर्माणको जिम्मा दिन्न भन्ने अवस्था पनि छैन, जेनतेन काम गरिरहेको छ । सम्झौता भएअनुसार काम हुने हो भने अहिले कम्तीमा पनि ७५ प्रतिशत काम सकिसक्नुपर्ने हो, त्यो अवस्था भने छैन ।

निर्माणको कामअन्तर्गत अहिले पाँचौँ तलाको काम भइरहेको छ । समग्रमा ३५ प्रतिशतभन्दा बढी काम भएको छैन । स्तम्भ निर्माणका लागि महानगरपालिका तथा जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता गरिएको थियो । सम्झौतानुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् ।

“भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन, पछि काम गर्ने वातावरण हुँदा पनि तीव्ररूपमा काम भएको पाइँदैन, अर्को कम्पनीलाई दिइहाल्ने अवस्था पनि छैन, कम्पनीले कामपालाई सुरुको समयदेखि नियमितरूपमा बुझाउनुपर्ने सम्झौताअनुरुपको कर दिइरहेको छ”, न्यौपानेले भने ।

सम्झौतानुसार निर्धारित समयमै काम नसकेमा एकपटक दुई वर्षका लागि समय थप्न मिल्छ । गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक र १२ तलाको बनाउने गरेर काम भइरहेको छ ।

स्तम्भको सबैभन्दा तल्लो तलामा बस पार्किङस्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका, गाडीको पार्किङस्थल, व्यवस्थित चलचित्र घर, पौडीपोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् ।

स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । सो अग्लो घर नेपाली कला, संस्कृति झल्किने खालको हुनेछ ।

म्हानगरपालिका र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले बढ्दै जान्छ ।

निर्माणको जिम्मा पाएको कम्पनीले अहिलेसम्म महानगरपालिकालाई करस्वरुप रु छ करोड बढी बुझाइसकेको छ । पाँच वर्षभित्र सम्पन्न गर्ने गरी २०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनबाट भवनको शिलान्यास गरिएको थियो ।

बसपार्क व्यवस्थापनमा समस्या

हाल भ्यूटावर निर्माण भइरहेको स्थानबाट लामो तथा छोटो दूरीका सवारी साधन आवतजावत हुने गरेका थिए । साविक पुरानो बसपार्क काठमाडौँ भ्यूटावर निर्माण भए पनि निर्माणको कामले गति नलिएपछि बसपार्क व्यवस्थापनमा फेरी समस्या भएको छ ।

विसं २०७२ साउनबाट बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो । पाँच वर्षमा भ्यूटावर निर्माणको काम सम्पन्न गर्ने र साविकै बसपार्क रहेको स्थानबाट थप व्यवस्थितरूपमा सवारी साधनलाई आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावरको निर्माणको काम सम्पन्न नहुँदा थप समस्या भएको हो ।

Advertisement

खुलामञ्चको बसपार्क सारेर गत वैशाख १६ गतदेखि महानगरपालिकाले त्यस ठाउँका सबै संरचना हटाइसकेको छ । महानगरपालिकाले यहाँबाट सञ्चालन हुने सार्वजनिक सवारीलाई दुई विकल्प दिइएको छ । टिकट काउन्टर राखेर चलेका मध्यम दूरीका गाडी गोङ्गबु बसपार्कबाट सञ्चालन हुनेछन् । यस्तै छोटो दूरीका सवारी साधन पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top