माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा थुन्याे : केपी ओली

माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा थुन्याे : केपी ओली

९ भदौ, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखेको आरोप लगाएका छन् । एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले एमालेका नेताहरुलाई चन्द्रगिरि डाँडामामा लगेर बलजफ्ती राखेको बताए ।

उनले त्याे  ‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको  बताए । उनले भने, ‘बैठक भनेको एक लेभलको हुन्छ । कि सांसदको हुन्छ, कि स्थायी कमिटीको हुन्छ । सधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो ?’

कुटपिट गरियो भने आफूले नभन्ने, तर घेराबन्दी गरेर घर–घरबाट लगेर राखेको उनले बताए ।उनले भने ‘फकाइ–फकाइ लगेर गुलिया बचन बोलेर, मिठै खान दिएर थुनिएकै हो । चाहे सुनकै पिंजाडामा होस्, चाहे भव्य रिसोर्टमा होस् ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.