एमालेको कारवाही रोकेर सभामुख दाँत टाल्न जानुभयो : ओली

९ भदाै, काठमाडौं ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न रोकेको भन्दै सभामुख अग्नि सापकाटामाथि खनिएका छन् ।मंगलबार पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उनले एमालेले गरेको कारवाही ७ दिनसम्म रोकेर सभामुखले आफू नै न्यायालय बन्न खोजेको आरोप लगाए ।

पार्टीले कारवाही गरिसकेपछि सभामुखले त्यसलाई विचाराधीन राख्ने अधिकार नभएको उनकाे भनाइ थियाे । ओलीले भने, ‘प्रचण्डले आदेश दिँदा टोपबहादुर रायमाझीजीहरुमाथि हतार–हतार कारवाही गरेको सुनाउनुभो । तर, एमालेले गरेको कारवाही गरेको नौ दिनसम्म कार्यान्वयन गर्नुभएको छैन । हिजो त उहाँ दाँत टाल्न जानुभएको थियो ।’

Advertisement

उनले अगाडि थपे, ‘उहाँको दाँत राम्रोसँग टालियोस्, शुभकामना छ, तर सातौं दिनसम्म उहाँले के गर्नुभयो ?’ ओलीले आफ्नो पार्टीमा विभाजन रोक्नका लागि १४ जनामाथि कारवाही गरिएको दावी गरे ।

ओलीले भने, ‘हामीले कारवाही गर्नुको उद्देश्य पार्टी फुट रोक्नु थियो, १४ जनालाई निस्काशन गरेको भए उहाँहरुको संख्या पुग्दैनथ्यो र पार्टी फुट्दैन थियो । तर, एमाले फुटाउनकै लागि कारवाहीको सूचना नटाँसेर सभामुखले पक्षधरता देखाइरहनुभएको छ । उहाँ साझा व्यक्तित्व बन्न सक्नुभएन ।’

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top