एन्फा विवाद: छानविन समितिले राखेपलाई बुझायो प्रतिवेदन

९ भदाै, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच विवादको छानविनका गठित समितिले बुधबार प्रतिवेदन बुझाएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई समितिका संयोजक पुरेन्द्र विक्रम लाखेले प्रतिवेदन बुझाएका हुन् ।  ७ सदस्यीय समितिले झन्डै ३ सातामा प्रतिवेदन बुझाएको हो ।

एन्फा आफैले विवाद समाधान गर्न नसकेपछि छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । मन्त्रालयले समय अभाव देखाउँदै राखेपलाई छानविनका लागि भनेको थियो । सोही अनुरुप राखेपले साउन १९ गते समिति गठन गरेको हाे ।

प्रतिवेदन सार्वजनिक गर्नुअघि नै विवाद समाधानका लागि अघिल्लो साता गरेको प्रयास असफल भएपछि बुधबार प्रतिवेदन बुझाएको हो । छानविनका क्रममा समितिले १४ जनाको बयान लिएको थियो ।

विवाद समाधानका लागि भएकाे छलफलमा नेम्बाङले अलमुताइरीले आफ्नो विरुद्धमा लेखेको फेसबुक स्ट्यासटस मेटाएर सरी भन्नु पर्ने बताएका थिए । तर, त्यसमा एन्फा अध्यक्ष शर्पाले आफूहरु त्यस्तो गराउन नसक्ने जवाफ दिएपछि सहमति हुन नसकेको बताइएको छ ।

गत महिना सुरु भएको विवादको विषयमा समितिले पनि बढी दोष अलमुताइरीकै देखेको हुन सक्ने सम्भावनाका आधारमा प्रतिवेदन सार्वजनिक गर्नुअघि नै सहमति जुटाउने प्रयास गरेको बुझ्न सकिन्छ ।

समितिले गत साता ३ दिनको अन्तरमा कुल १४ जना सँग बयान लिएको थियो । समितिले बयानको अन्तिम दिन साउन २८ गते वरिष्ठ उपाध्यक्ष नेम्बाङ, दुई संचारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अलमुताइरी र इक्वेस्ट्रीएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको हो । बयान दिएपछि अलमुताइरीले आफू छानविन प्रक्रियाबाट सन्तुष्ट रहेको बताएका थिए ।

समितिले त्यसअघि एन्फा अध्यक्ष शेर्पा, सदस्य किरण राई र राखेप अन्तर्गत फुटबलको मुख्य प्रशिक्षक अरुणा गुरुङ, बुधबार उपाध्यक्षद्वय थापा र खड्का, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, महासचिव तुलाधर तथा व्यवस्थापक उपाध्यायको बयान लिएको थियो ।

विवादको सुरुवात भने साउन ७ गतेको घटनाबाट भएको थियो । अलमुताइरी र दुई सञ्चारकर्मीसँगको विवादबाट बढ्दै जाँदा त्यसमा नेम्बाङ पनि तानिएका थिए । अलमुताइरीले एन्फा कम्पाउन्ड बाहिर धुमपान गरेको विषय उनलाई दुई सञ्चाकर्मीले गरेको प्रश्नबाट विवाद सुरु भएको थियो ।

साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top