जङ्गली हात्ती नियन्त्रणका लागि मेचीनगरमा विद्युतीय तारबार लगाउने तयारी

८ भदौ ७८, बुधबार

९ भदाै, झापा ।

झापाको मेचीनगर नगरपालिकास्थित चारआली सामुदायिक वनदेखि मागुरमाडी वनको मूल खण्डसम्म ५७ दशमलव ७ किलोमिटरमा जङ्गली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्ने तयारी भएको छ ।

चारआली सामुदायिक वनदेखि मागुरमाडी वन मूल खण्डसम्मको ६ दशमलव ३४ किलो मिटर र मागुरमाडी वन मूल खण्डको ५१ दशमलव ३६ किलोमिटरमा विद्युतीय तारवार निर्माण गर्ने तयारी गरिएको हो ।

हाललाई नगरभित्रका अधिकांश सामुदायिक वनलाई समेट्ने गरी निर्माण हुने ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारले आगामी दिनमा तेलपानी सामुदायिक वनलाई समेत जोड्ने जनाइएको छ ।

क्रमागत बजेट अनुसार वन मन्त्रालयको हाल ३ करोड रुपैयाँबाट राष्ट्रिय प्रकृति संरक्षण कोषले कामको थालनी गर्ने छ ।मेचीनगर नगरपालिका र यस क्षेत्रका सांसदहरूको लामो प्रयासपछि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण कार्य सुरु गर्न लागिएको हो ।

आज मेचीनगर नगरपालिकाको सभाकक्षमा मानव हात्ती द्वन्द्व व्यवस्थापन लागि यस क्षेत्रका १ नम्बर प्रदेशसभा सदस्य, बुद्घशान्ति गाउँपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोष नगरका जनप्रतिनिधिहरू, डिभिजन वन कार्यालय झापा, कोषका प्रतिनिधि, नगरभित्र रहेका विभिन्न सामुदायिक वन, नेपाली सेना तथा सरोकारवाला निकायबीच छलफल भएको छ ।

छलफलमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारको विस्तृत परियोजना प्रतिवेदन डीपीआरको तयारीमा लाग्न सबै पक्ष सकारात्मक देखिएका छन् । योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भए लगत्तै यस वर्षभित्र ठेक्का प्रक्रियाबाट काम सुरु गरिने जनाइएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top