×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

पुनःनिर्माणका काम सम्बन्धित निकायलाई हस्तान्तरण गरिने

१० भाद्र २०७८

१० भदौ, काठमाडौँ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट सम्पादन हुँदै आएका पुनःनिर्माणसम्बन्धी बाँकी काम सम्बन्धित मन्त्रालय, विभाग एवं निकायलाई हस्तान्तरण गरिने भएको छ ।

Advertisement
Advertisement

प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको २० औँ बैठकले निजी आवासलगायतका कामको हस्तान्तरण सुरु गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनको काम सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले हेर्नेछ ।

विभागले सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन एकाइ(भवन) मार्फत सञ्चालित गुम्बाको पुनःनिर्माणको जिम्मेवारी पनि लिनेछ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी काम एवं प्राधिकरणको संस्थागत स्मरणको व्यवस्थापन र पुनःनिर्माण तथा पुनःस्थापनामा बाँकी रहेका कामको कानूनी एवं नीतिगत व्यवस्था तथा समन्वय, सहजीकरण र अनुगमनसम्बन्धी काम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्नेछ । विद्यालय तथा विश्व विद्यालयका भवन पुनःनिर्माणका काम शिक्षा मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइबाट सम्पादन हुनेछन् ।

पुरातात्विक सम्पदा र निर्माण सुरु नभएका १०० वर्षभन्दा पुराना गुम्बाको पुनःनिर्माण पुरातत्व विभागले गर्नेछ । सडक तथा पुल एवं सहरी विकास मन्त्रालय तथा पुरातत्व विभागले हेर्नेबाहेकका गुम्बाको पुनःनिर्माण गुम्बा व्यवस्थापन समितिको समन्वयमा स्थानीय पूर्वाधार विभागले गर्नेछ ।

पुनःनिर्माण प्राधिकरणको केन्द्रीय संरचनामा रहने सानो सङ्ख्याको जनशक्तिले धरहरा, रानीपोखरी, सिंहदरबार एवं नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको रणोद्दीप दरबारलगायतका संरचनाको पुनःनिर्माण तथा लेखा परीक्षण जस्ता काम गर्नेछ । हस्तान्तरण गर्ने कामको सहजीकरण, लेखा परीक्षण र अन्तर्राष्ट्रिय सम्मेलनका काम पनि सम्पादन गर्नेछ ।

प्रधानमन्त्री देउवाले प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणका क्रममा हासिल गरेका उपलब्धि सन्तोषजनक भएकामा खुशी व्यक्त गर्दै प्राधिकरणलाई धन्यवाद दिए ।

Advertisement

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेताका तर्फबाट उपस्थित एमाले स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले हालसम्म प्राप्त उपलब्धिका लागि प्राधिकरणलाई बधाई दिए। सम्भव भएसम्म प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणालीलाई निरन्तरता दिएर काम गर्न उपयुक्त हुने उनले धारणा राखेका थिए ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top