क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न देउवामाथि दबाब बढ्दै

१० भदौ, काठमाडौं ।

कांग्रेसको वडा तहको अधिवेशन सुरु हुन अब आठ दिन मात्र बाँकी छ । कांग्रेसले जारी गरेको महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ गते वडा तहको अधिवेशन हुनेछ ।

सोही अधिवेशनले कांग्रेसमा भाग लिने महाधिवेशन प्रतिनिधिको टुंगो लाग्नेछ । तर, एक साता मात्र बाँकी छँदा पनि कांग्रेसले क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न सकेको छैन ।

कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना र अनशन सुरु गरेको आज तेस्रो दिन भइसक्यो ।

जिल्ला सभापतिहरूको रिले अनशनलाई केन्द्रीयस्तरका नेताहरूले पनि ऐक्यबद्धता जनाएका छन् । नेता रामचन्द्र पौडेल, गगन थापालगायत पार्टी कार्यालय पुगी उनीहरूको मागमा समर्थन जनाएका हुन् ।

कांग्रेसमा क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवाद करिब करिब टुंगो लागे पनि अहिले सूची सार्वजनिकको विषयलाई लिएर विवाद देखिएको छ । अब धनुषा र सर्लाही गरी दुई जिल्लामा मात्र केही क्रियाशील सदस्यको विवाद थाती छ ।

विवाद देखिएका ठाउँमा पुरानै क्रियाशील सदस्यताअनुसार अधिवेशन गर्न सकिने कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले प्रतिवेदन तयार गरी सभापति शेरबहादुर देउवा र नेता पौडेललाई बुझाएको छ ।

प्रतिवेदन बुझाएको भोलिपल्टैदेखि जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न माग गर्दै धर्ना र अनशनमा बस्नुले फेरि पनि महाधिवेशन सर्ने त होइन भन्ने चिन्ता उत्पन्न भएको देखिएको छ ।

कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी सभापति देउवाकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधानअनुरुप हुन नसकेको आरोप लगाएका छन्।

मंगलादेवी सिंहको २५औं स्मृति दिवसको अवसरमा नेपाल महिला संघ काठमाडौंले बिहीबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टीको क्रियाशील सदस्यता वितरण विधानअनुरुप वितरण नभएकाले समस्या देखिएको बताएका हुन्।

क्रियाशील सदस्यता विवादलाई पार्टी सभापतिले जतिसक्दो छिटो प्रक्रियाअनुसार टंग्याउनुपर्ने उनको भनाइ थियो। ‘क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएको छ। फाइनल सूचीलाई तत्काल सार्वजनिक गर्नुपर्दछ,’ उनले भने।

कांग्रेसमा साढे नौ लाख क्रियाशील सदस्यको संख्या पुगेको छानबिन समितिका सदस्य प्रदीप पौडेलको भनाइ छ । त्यसमा पनि केही क्रियाशील सदस्यता वितरणमा संस्थापन पक्षले एकलौटी गरेको आरोप देउवामाथि लागेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top