‘केही व्यक्तिको स्वार्थ र अहङ्कारका कारण पार्टी फुट्यो, हामी हिँडेको बाटो गलत छैन’

१० भदौ, काठमाडौं ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिको स्वार्थका कारण पार्टी फुटेको बताएका छन् ।

आज बिहीवार बसेको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही व्यक्तिको स्वार्थ र अहङ्कारका कारण पार्टी फुटेको बताए ।

Advertisement

आन्दोलन हाँक्ने अभिभारा, काँधको जिम्मेवारी र नागरिकका सामु गरिएका प्रतिबद्धताहरु भुलेर पार्टी फुटाइएको उनको भनाइ छ । ओलीले भने, ‘हिजोसम्म हामीसँगै रहेका केही मित्रहरू आन्दोलनको बाटो छोडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छोडेर, आन्दोलनको अभिभारा बिर्सिएर, आफ्ना काँधका जिम्मेवारीहरू बिर्सिएर, आफूले हिजो नागरिकका अगाडि जनाएका प्रतिबद्धताहरू बिर्सिएर, आफूले लिएका शपथहरू बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर भावावेशमा, अकारण, सैद्धान्तिक मतभेद भएर होइन, कसैले लखेटेर बस्न नसकेर होइन, सामान्य अवस्थामा त पार्टी चलिरहेको बेला, अगाडि बढिरहेका बेला स्वार्थवश, केहीका स्वार्थमा, केहीका अहङ्कारमा, केहीको ईर्ष्यावश एउटा नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभएछ ।’

अध्यक्ष ओलीले केही व्यक्ति आन्दोलनलाई कतिसम्म सकिन्छ, त्यतिसम्म नोक्सान पार्ने काममा लागिरहेको बताए । उनले भने, ‘केन्द्र, प्रदेश र पालिकामा विभिन्न तहमा, विभिन्न तहका पार्टी कमिटी र सङ्गठनहरू, जनवर्गीय, पेसागत र सामुदायिक सङ्गठनहरू आन्दोलनलाई कमजोर पार्ने र पार्टीलाई कमजोर पार्ने काममा लाग्नुभएको छ जुन दुःखद कुरा हो ।’

Advertisement

एमालेलाई केन्द्र, प्रदेश, जिल्लादेखि पालिकासम्म कमजोर पार्न लागिएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले आफूहरू हिँडेको बाटो गलत नभएको पनि उल्लेख गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top