×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

ओलीविरुद्ध विद्रोह गर्न नेपालको आग्रह

११ भाद्र २०७८

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भएको आरोप लगाएका छन्। नवौं महाधिवेशनबाट अध्यक्ष बनेपछि ओली स्वेच्छाचारी बन्दै गएर अन्ततः दक्षिणपन्थी बनेको उनको भनाइ थियो। उनले तत्काल ओली र एमालेसँग कुनै पनि प्रकारको सहकार्य हुन नसक्ने स्पष्ट पारे। उनले एमाले नेताकार्यकर्तालाई विद्रोह गरेर ओलीको दबाबबाट मुक्त हुन आग्रहसमेत गरे ।

‘ओलीको दक्षिणपन्थी गतिविधिकै कारण हामी नयाँ पार्टी खोल्न बाध्य भयौं। हामी त्यस्ता दक्षिणपन्थीसँग कुनै सहकार्य गर्नेछैनौं। हामी विचार मिल्ने शक्तिहरूसँग सहकार्य गर्न सक्छौं,’ अध्यक्ष नेपालले भने। एमालेमा अध्यक्ष बनेपछि ओलीले पार्टीमा मनपरी गरेको आरोप लगाउँदै नेपालले सरकारको नेतृत्वमा आएपछि पनि त्यही व्यवहार देखाएपछि उनलाई हटाउने अभियान चलाइएको बताए। ‘ओलीलाई जसरी पनि हटाउनुपर्ने भएपछि त्यसको जिम्मेवारी म आफैँले लिएको थिएँ,’ नेपालले भने।

Advertisement

सरकारमा ओलीको मनपरी चलेपछि आफूले नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपेन्द्र यादव, बाबुराम भट्टराई र कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गरेको उनले दाबी गरे। ‘उहाँहरूसँगको छलफलपछि ओली हटाउने जिम्मेवारी मलाई नै आएको थियो, त्यसको नेतृत्व पनि मैले नै गरेको थिएँ,’ नेपालले भने।

Advertisement

नेपालले एकीकृत समाजवादीका कोही शत्रु नहुने बताए। ‘हाम्रा कोही शत्रु हुनेछैनन्, सबै मित्र हुनेछन्,’ हाम्रो आन्तरिक मामिलामा कसैले हस्तक्षेप नगरून्। हाम्रो संवेदनशीलतालाई सबैले बुझिदिऊन् भन्ने अपेक्षा छ,’ उनले भने। उनले माओवादीसहितका शक्तिसँग सहकार्य हुने पनि बताए। ‘माओवादी केन्द्रलगायत कम्युनिस्ट दलहरूसँग सहकार्य हुनेछ। बाबुरामजीहरूदेखि अन्य शक्तिसँग पनि हामी सहकार्य गर्दै अघि बढ्नेछौं,’ उनले भने ।, यो समाचार आजको नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top