×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

मुख्य राजमार्गका ठाउँ-ठाउँमा पहिरो

११ भाद्र २०७८

११ भदौ, काठमाडौं ।

लगातारको झरीसँगैको पहिरोले ठाउँ–ठाउँमा सडक बन्द भएको छ।

Advertisement
Advertisement

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहमा रहेको घोडाहा खोलाको पक्की पुल भासिएको छ । लगातारको वर्षापछि आएको बाढीका कारण देवदह–७ शीतलनगरमा रहेको घोडाहा खोलाको पक्की पुल भासिएको प्रहरीले जनाएको छ।

काठमाण्डौ–पुल भासिएपछि राजमार्गमा गाडी चल्न सकेका छैनन् । वैकल्पिक व्यवस्था नभएसम्म गाडी चलाउन नसकिने प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गकै नवलपरासी पूर्वमा डाइभर्सन बगाउँदा गाडीको आवतजावत रोकिएको छ ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएको हो । बगाएपछि राजमार्ग पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिनुभयो ।

यस्तै सिन्धुलीका विभिन्न ठाउँमा पहिरो जाँदा वीपी राजमार्ग पनि बन्द भएको हो । प्रहरीका अनुसार कानढुङ्ग्री, अकबरे भीर, भिमान र कमेरेफाँटमा पहिरो खसेको छ भने पन्नेसी खोलामा बाढी आउँदा गाडी चल्न सकेका छैनन् ।

पहिरोले कालीगण्डकी करिडोर पनि बन्द भएको छ । बाग्लुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिरोका कारण करिडोर बन्द भएको हो । करिडोरको बाग्लुङ–बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

पानी पर्न रोकिएपछि डोजरको सहायताले पहिरो पन्छाउन सुरु गर्ने सडक डिभिजन कार्यालयले जनाएको छ । वैकल्पिक सडकसमेत पहिरोका कारण बन्द रहेकाले बाग्लुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ । यस्तै, पहिरोले मकवानपुरको भैँसे–भीमफेदी सडक खण्ड पनि ठप्प भएको छ ।

बिहान भीमफेदी गाउँपालिका–२ मा माथिबाट लेदो माटोसहितको पहिरो खस्दा भैँसे–भीमफेदी सडक खण्ड बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

सडक बन्द हुँदा काठमाण्डौको कुलेखानी–भीमफेदी हुँदै हेटौँडा र हेटौँडाबाट भीमफेदी हुँदै काठमाण्डौ छुट्ने गाडी चलेका छैनन् । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा पहिरो जाँदा हेटौँडा–भीमफेदी–कुलेखानी सडक खण्डमा यातायात ठप्प भएको छ ।

कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडामा सडक माथिबाट आएको पहिराले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहिराले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका गाडी खानीडाँडामै रोकिएका छन् ।

Advertisement

डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top