विस्थापितहरुलाई सहयोग गर्न राष्ट्रसंघका महासचिवकाे आग्रह

२५ असार ७५, मंगलबार

जेनेभा, असार २६

विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कारण आ–आफ्नो देशबाट विस्थापित हुन बाध्य भएका नागरिकलाई आवश्यक सहयोग गर्न र कुनै पनि किसीमको दुव्र्यवहार नगर्न संयुक्त राष्ट्रसंघका महासचिवले आग्रह गरेका छन् । महासचिव एन्टोनियो गुथ्रेसले विस्थापन हुनु तथा शरणार्थीका रुपमा बाहिरिनु मानिसको बाध्यता भएकोले यस्तो अप्ठेरोमा परेका नागरिकलाई आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् ।

सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । यसरी आफ्नो देश या इलाकाबाट विस्थापित हुने सर्वसाधारणमा प्रायः म्यानमार र सिरियाका धेरै रहेका छन् । सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको हालै सार्वजनिक गरिएको सो प्रतिवेदनमा जनाइएको छ ।

महासचिव गुथ्रेसले हालैमात्र म्यानमारबाट भागेर बङ्गलादशेको कोक्स बजारमा शरणार्थीका रुपमा बसिरहेका रोहिङ्ग्या शरणार्थीको शिविर भ्रमण गरेका थिए। त्यस भ्रमणका क्रममा उनले ती शरणार्थीहरुले आधारभूत खाना र बासको अभावमै अत्यन्तै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको तथ्य देखेको बताएका थिए।

म्यानमारको सेनाले नै ज्यादति गरेपछि ती शरणार्थी भागेर बङ्गलादेश पुगेका हुन् । हाल त्यहाँ करिब ८ लाख शरणार्थी रहेका छन् । उनले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– विश्वमा शरणार्थी तथा आफ्नै देशभित्र पनि विस्थापित नागरिकले निकै दयनीय जिवन बिताउन बाध्य भएका छन्, उनीहरुलाई आवश्यक सहयोग र समन्वयका लागि म सबैसँग आग्रह गर्दछु ।

रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top