११ भदाै, काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक परिषद्ले गरेका नियुक्ति अधिकारप्राप्त ठाउँबाट भएको भन्दै नियुक्तिका विषयमा व्यक्तिलाई आरोप लगाउन नमिल्ने बताएका छन् ।
संवैधानिक परिषद्ले गरेका नियुक्तिहरु बदर गर्न माग गर्दै परेका रिटमाथिको सुनुवाइका क्रममा रिट निवेदक ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशले पनि परिषद्मा बसेर नियुक्तिमा भागबण्डा लिएको भन्दै इजलास छाड्न सुझाव दिएपछि राणाले बेन्चबाट चेक गरेका हुन् ।
राणाले भने, ‘नियुक्तिका विषयलाई लिएर आरोप लगाउन मिल्दैन । गैरकानूनी हो भने आधार देखाउनुस् । अधिकारप्राप्त निकायले गरेको नियुक्तिमा भागबण्डाको कुरा नगर्नुस् ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद् बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा निरन्तर अनुपस्थित भएपछि अध्यादेशमार्फत परिषद् बैठकसम्बन्धी व्यवस्था संशोधन गरी अख्तियारलगायत विभिन्न निकायमा नियुक्ति गरिएको थियो । त्यसकाविरुद्ध सभामुखसहितले अदालतमा रिट दायर गरेका छन् ।
सोही मुद्दामा शुक्रबारदेखि संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको हो ।