जिपी कोइराला उपचार केन्द्रमा पहिलोपटक जटिल शल्यक्रिया

१० भदौ ७८, शुक्रबार

११ भदाै, तनहुँ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मलद्वार फाटेको एक बिरामीको शल्यक्रिया गरिएको छ । केन्द्रका एनेस्थेसियोलोजिष्ट डा.रमेश घिमिरे र सर्जन डा परिवर्तन बरालले स्थानीयबासी ६७ वर्षीया महिलाको पहिलोपटक हालै सफल शल्यक्रिया गरेका हुन् ।

डा.बरालले ढाडमा सुई लगाई लठ्याएर शल्यक्रिया गरिएको र धेरै कब्जियत भएकालाई यस्तो समस्या आउने बताए । उपचार केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले पहिलोपटक मलद्वार फाटेको शल्यक्रिया गरिएको र अब यसलाई बिस्तारै निरन्तरता दिइने जानकारी दिए । उपचार केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा.विद्याभूषण ताम्राकारबाट हाडजोर्नीको शल्यक्रिया नियमित रुपमा भइरहेको जनाइएको छ ।

अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नसा रोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । अस्पतालमा १० देखि ४ बजेसम्म ओपीडी , चौबीसै घण्टा आकस्मिक , प्रयोगशाला, भिडियो एक्स–रे, माइनर अप्रेसन लगायतका सेवा दिइरहेको छ ।

पचास शय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा पखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामीहरु नियमित आउने गरेका छन् । दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले केही वर्षअघि पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रका नाममा प्रदान भइसकेको छ ।

अस्पतालमा जिल्लाका शुक्लागण्डकी र भीमाद नगरपालिका, म्याग्दे र रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाबाट सेवा लिन आउँछन् ।रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top