११ भदाै, ललितपुर।
नेपाल भाषाका चर्चित आधुनिक कवि पूर्ण वैद्यको निधन भयो । उनकाे बिहीबार ललितपुरस्थित निदान अस्पतालमा निधन भएकाे हाे ।
भदौ २ गते अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनमा कोरोना सङ्क्रमण पनि पुष्टि भएको थियो ।
उनको जन्म १९९७ साल जनैपूर्णिमाका दिन भक्तपुरको चोछेँ टोलमा भएको थियो । ‘सरासू’ कविता सङ्ग्रहका लागि २०२१ सालमा उहाँलाई नेपाल भाषाको पहिलो साहित्यिक पुरस्कार ‘श्रेष्ठ सिरपाः’ प्रदान गरिएको थियो । विसं २०७६ मा उहाँ न्हूजः प्रगतिशील साहित्य पुरस्कारबाट पनि पुरस्कृत भए। थुप्रै पुस्तक लेख्नुभएका उनको ‘लः लः खः’ शीर्षक कविता सङ्ग्रहको अङ्ग्रेजी भाषानुवाद भएको छ ।
दिवङ्गत वैद्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी परिवारजनले दिएको छ ।