विराटनगर, असार २६
साकेवा मुभिजको ब्यानरमा ज्योतीराज राई प्रस्तुतकर्ता र रमु श्रेष्ठ राई निर्माता रहेको वेभ सिरिज माई बेस्ट फ्रेन्डले युटुब च्यानलमा दर्शकहरुको मन जित्दै गएको छ ।
एक नम्बर प्रदेशको झापा जिल्लाका स्थानीय कलाकारहरुको प्रत्यक्ष संलग्नता रहेको यो सिरिज झापा जिल्लामै स्टर्न मिडियाले निर्माण गरिरहेको छ ।
मोफसलमा रहेका स्थानीय प्रतिभाहरुलाई अघि बढाउन यो सिरिजको निर्माण गरिएको प्रस्तुतकर्ता ज्योतीराज राईले बताएका छन् । त्यसो त पछिल्लो समय ईन्टरनेटको पहुँच गाउँ गाउँ सम्म पुगेपछि युटयूबको बजार बढेको छ, अहिले कतिले पैसा कमाउनको लागी युटुबमा कार्यक्रम बनाएर अपलोड गर्ने गरेका छन् ।
कतिले लुकेर रहेका प्रतिभालाई आम दर्शक माझ ल्याउनको लागी कार्यक्रमहरु बनाउने गर्छन । तर साकेवा मुभिजले भने नितान्त मोफसलमा रहेका प्रतिभाहरुलाई देश बिदेशमा रहने आम दर्शक माझ चिनाउनको लागी यो सिरिज निर्माण गरेको दावी गरेको छ ।