राष्ट्रपतिद्वारा प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त

११ भदौ, काठमाडौं।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २६७ को उपधारा ( ५) बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई शुक्रबार प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

Advertisement

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । साेही दिनदेखि शर्माले प्रधानसेनापतिकाे कार्यभार सम्हाल्नेछन् ।

पदावधि समाप्त हुने एक महिना अघि अर्थात साउन २५ गतेदेखि उनी घरविदामा बस्ने हुनाले जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापति तोकिएको थियाे ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top