कांग्रेस १४औं महाधिवेशनः निधि पहिलो उम्मेद्वार

कांग्रेस १४औं महाधिवेशनः निधि पहिलो उम्मेद्वार

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औं महाविधेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । निधिले शुक्रबार बानेश्वर थापागाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका हुन् ।

पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वरलगायत विभिन्न पवित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट शक्तिकी प्रतीक देवी र दुर्गाको पूजाअर्चना गर्दै निधिले आफ्नो चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

निधिले आगामी १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने भनेसँगै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगको दूरीसमेत पातलिएको छ । निधिले देउवालाई यसअघि आफूलाई १४औं महाधिवेशनमा सभापतिमा सघाउने सर्तमै सघाएको बताउँदै आइरहेका छन् । निधिले सम्पर्क कार्यालय उद्घाटन गर्दै गर्दा केही जिल्लाका प्रभावशाली जिल्ला सभापतिसमेत साथमा राखेका थिए ।

कार्यक्रममा सभापति देउवाका गृह जिल्ला डडेल्धुराका सभापति कर्ण मल्ल, काभ्रे सभापति मधु आचार्य, नुवाकोट सभापति जगदीशनरसिंह केसी, धादिङका रमेश धमला, सुर्खेतका कमलमणि रेग्मी, संखुवासभाका दीपनकुमार श्रेष्ठ, धनुषाका महेशचन्द्र गिरीलगायत सहभागी थिए । यो समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.