नेपालबाटै बर्मिङहम युनिभर्सिटीको पाठ्यक्रम अध्ययन गर्न पाइने

११ भदौ ७८, शनिबार

१२ भदाै, काठमाडाैँ ।

नेपाली विद्यार्थीहरुले स्वदेशमै बसेर बेलायतस्थित बर्मिङहम सिटी युनिभर्सिटीको पाठ्यक्रम अध्ययन गर्न पाउने भएका छन् । एशिएन इन्स्टिटयूट अफ टेक्नोलोजी एण्ड मेनेटमेन्ट (एआईटिम) कलेजले बर्मिङहम सिटी युनिभर्सिटीको कार्यक्रमहरु समावेश गरेर पठनपाठन सुरु गरेसँगै नेपाली विद्यार्थीहरुलाई सो अवसर प्राप्त भएको हो ।

ललितपुरस्थित अन्तराष्ट्रिय स्तरको सो कलेजले बेलायतस्थित बर्मिङहम सिटी कलेजको कार्यक्रमहरुपनि समावेश गरेर पठनपाठनलाई अघि बढाएको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र नेपालका लागि बेलायती राजदुत निकोला पोल्लिट्टले संयुक्त रुपमा सो कार्यक्रम उद्घाटन गर्दै बाह्य मुलुकमा समेत प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति निर्माणमा नेपालले पनि सो कलेजमार्फत् उल्लेखनीय योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

Advertisement

कलेजले नेपालमै पहिलो पटक बर्मिङहम सिटी युनिभर्सिटीसँग साझेदारी गर्न सफल भएको दावी गर्दै गौरवको महशुस भएको जनाएको छ । कलेजका सिईयो डा. रोशन राठीले कलेजले सधैं उच्च गुणस्तरको अन्तराष्ट्रिय शिक्षा प्रदान गरेको र आगामी दिनमा पनि बर्मिङहम सिटी युनिभर्सिटीमार्फत् नेपाल बाहिरबाट पनि विद्यार्थीहरुलाई आकर्षित गर्न सकिने विश्वास समेत व्यक्त गरे ।

खुमलटार हाईटमा रहेको यो कलेजको स्थापना सन् २०१२ साल जुन २० मा भएको थियो । १६ रोपनी जग्गामा फैलिएको यो कलेजको भौतिक पूर्वाधार उत्कृष्ट रहेको दावी गरिएको छ । कलेजले अन्तराष्ट्रिय स्तरको व्यवस्थापन संकायको स्नातक पाठ्यक्रमहरुको अध्यापन गराउँदै आएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top