एमालेसँग एक्लै लड्न कसैले सक्दैन : ओली

१२ भदौ ७८, शनिबार
Share this
757shares

१२ भदौ, काठमाडौं।

Advertisement

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै लड्न कुनै पार्टीले पनि नसक्ने बताएका छन् । आज ललितपुरमा आयोजित युवा संघको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा छ । कसैले नचिताए हुन्छ ।’ १० वटा पार्टी मिल्दा पनि जम्माजम्मी १२० जना पुग्ने ओलीले दावी गरे ।

Advertisement

‘एक–एक दर्जन मान्छे भएका दश पार्टी मिल्दा कति हुन्छ ? १० दर्जन नै त भए होला नि होइन ? १२० जनाको मोर्चाले कसरी हामीसँग लड्ने ? अरु सबै जोड्न पनि एमालेको कम्मर कम्मर मात्रै आउने हुन् ।’

उनले आफ्नो पार्टी ढोडका लौरा समातेर जंगार तर्ने पार्टी नभएको भन्दै एमालेसँग पौडिएर नदी तर्ने क्षमता रहेको दाबी गरे ।  उनले एमालेले दुनियाँ बदल्ने सक्ने पनि दाबी गरे ।

Advertisement

उनले देशमा विकासको क्रान्ति गर्ने पनि बताए । उनले एमाले नेपालको राजनीतिको प्रमुख धार नै भएको पनि दाबी गरे ।उनले अबको चुनावमा प्रतिस्पर्धीहरु हुने तर प्रतिस्पर्धा नहुने भविष्यवाणी गरे । ‘चुनावमा उठेपछि प्रतिस्पर्धी हुन्छन् । तर अबको चुनावमा एमालेको कसैसँग प्रतिस्पर्धा हुँदैन,’ ओलीले भने, ‘एमालेबाट को उम्मेदवार बन्छ, अहिले थाहा छैन, तर जो उठे पनि जित्छ । हामीले प्रतिस्पर्धा हुन दिने नै होइन ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top