मनसुन सुरु भएयता तीन हजार घर डुबानमा, ९ सय घरमा क्षति

१२ भदौ ७८, आइतबार

१३ भदौ, काठमाडौं ।

यसपालिको मनसुनको अवधिमा बाढीका कारण तीन हजार १ सय ८० घर डुबानमा परेका छन् ।

प्रहरी प्रधान कार्यालय काठमाण्डौले दिएको जानकारीअनुसार बढी पहिरोमा परेर ९ सय घरसहित १ सय ५३ गोठ, ६० पुल, ८ विद्यालय र १४ सरकारी कार्यालयमा क्षति पुगेको छ । जेठ ३० यता एक हजार ८७ पशु चौपाया मरेका छन्।

यस अवधिमा एक हजार १ सय ३० विपद्का घटनाबाट एक हजार २ सय ९ घर परिवारका पाँच हजार ९ सय २४ जना विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

मनसुन भित्रिएसँगै नेपालमा अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानमा परि आजसम्म ९१ जनाको ज्यान भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा ४६ पुरुष, २३ महिला, १० बालक र १२ बालिका छन्।

बाढीपहिरो र डुबानमा परि यस अवधिमा १ सय १६ जना घाइते भएका छन् । बाढी पहिरोमा परि ४४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढी पहिरोमा परेका एक हजार २ सय ७५ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top