‘एकीकृत समाजवादी अर्को पार्टीमा विलीन हुन लाग्यो भन्ने प्रचार झुटो हो’

१३ भदौ, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन् ।

आइतवार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन् ।

सञ्चार माध्यममा एकीकृत समाजवादी पार्टी अन्य पार्टीसँग एकता गर्न लागेको, अरूको पार्टीमा गएर विलीन हुन लागेको भन्ने प्रचार भइरहेको भन्दै उनले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको उल्लेख गरे । आफ्नो पार्टीको तल्लो तहसम्म पार्टीका कमिटीहरू विद्यमान रहेको भन्दै उनले पार्टी एकता नहुने स्पष्ट पारे ।

नेता नेपालले भने, ‘अहिले नै हामी अरू कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौँ । पार्टी एकता हुने छैन । यही सन्देश जाओस् मिडियाको माध्यमबाट । कसै–कसैले के भन्ने ग¥या छन् भने अरूको टाङमुनि छिर्न गइरहेका छन्, अरूको कार्यकर्ता बन्न गइरहेका छन् । तुरुन्तै अर्को पार्टीमा समाहित भएर विलीन हुन गइरहेका छन् । त्यो सबै वाहियात प्रचार हो । कुनै सत्यता छैन त्यसमा । समानान्तर रूपमा सबै कमिटी विद्यमान छन् ।’

अध्यक्ष नेपालले अर्थतन्त्रलाई गतिशील, चलायमान, समृद्ध बनाउन र नागरिकलाई गरिबीको चक्रबाट मुक्त गर्नका लागि आफूहरूको ध्यान केन्द्रित हुने बताए । उनले पार्टीमा युवाहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिएर अगाडि बढाउन तयार रहेको पनि बताए ।

अध्यक्ष नेपालले आफूहरू मार्क्सवादबाट निर्देशित भएर वर्गीय दृष्टिकोण आत्मसात् गर्दै अघि बढ्ने बताए । नेता, कार्यकर्ताले दृष्टिकोणमा विचलन आउन नदिन र गैर सर्वहारा प्रवृत्ति हटाउन विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top