नौ करोड बराबरको कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ

नौ करोड बराबरको कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ

काठमाडौं: प्रहरीले ९ करोड मूल्यबराबरको २ किलो ९ सय ६६ ग्राम कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले किमारोलाई भारततर्फ भाग्दै गर्दा सिन्धुलीको खुर्कोटबाट र दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा तथा भारतीय नागरिक विजय सिंहलाई काठमाडौंको कमलादीस्थित एक होटलबाट पक्राउ गरेको हो ।

ब्युरोका अनुसार कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिक गामाले ३ भदौमा सो कोकिन ल्याएको खुलेको छ । उनले भारतीय नागरिक सिंहलाई कोकिन पु(याउन लागेको विषेश सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले भनेको छ । पक्राउ परेका उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।, याे समाचार आजको राजधानी दैनिकमा खवर छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.