स्वास्थ्य उपचारपश्चात आज स्वदेश फर्कंदै झलनाथ खनाल

१४ भदौ, काठमाडौं ।

Advertisement

पूर्वप्रधानमनत्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल सोमबार (आज) स्वदेश फर्किने भएका छन्।

दिल्लीमा उपचाररत नेता खनाल उपचार सकेर नेपाल फर्किन लागेका हुन् । उनी आज ३ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।

Advertisement

कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका नेता खनालको मिर्गौलामा समेत समस्या देखिएपछि गत असार २ गते नयाँ दिल्ली लगिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top