कृष्ण जन्माष्टमी: कोरोना त्रासबीच पाटनकाे कृष्ण मन्दिर परिसरमा भक्तजनको भीड

१४ भदौ, काठमाडौँ ।
हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्व आज (सोमबार) देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरेर मनाइँदै छ । भगवान श्रीकृष्णको जन्म भएको दिन ज्ञान, भक्ति र कर्मका प्रणेताको रुपमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । आजकै दिन ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाअर्चना गरेर कृष्ण जन्माष्टमी पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना भाइरसका कारण मन्दिर खोलिएको छैन ।

मन्दिर परिसरमा भक्तजनहरुको भीड रहेको छ भने मुख्य मन्दिरको वरपर रहेका मूर्तिमा मानिसहरु पूजा गरेर फर्किरहेको देख्न सकिन्छ । द्वापर युगमा पिता वासुदेव र माता देवकीका आठौँ पुत्रको रुपमा मामा कंशको जेलमा रहेको भगवान श्रीकृष्णले मध्यरातमा जन्म लिनुभएको र उहाँ जन्मिएपछि जेलका ढोकाहरु खुल्ला भएको र सुरक्षामा रहेका सुरक्षाकर्मीहरु निन्द्रामा परेको धर्मशास्त्रमा उल्लेख छ । वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु आजको दिन कंशको अत्याचारबाट मानवलाई भगवान श्रीकृष्णले मुक्त दिलाएको दिनको रुपमा पनि श्रीकृष्णको पूजाअर्चना गरी जन्मोत्सव मनाउने गर्दछन् ।

भगवान श्रीकृष्णको जन्म भए लगत्तै पिता वासुदेवलाई वृन्दावन मित्र नन्दका घरमा लग्न नन्दकी पुत्रीलाई लिएर आउन आकाशवाणी भएको धर्मशास्त्रमा उल्लेख छ । त्यसैदिन जन्मिएकी बालिकालाई कंशको राज्यमा लिएर आएपछि मात्रै निदाएका सुरक्षाकर्मीहरुको ब्यूँझिएको र कंशले बालिकालाई मार्न लाग्दा बालिका आकाशमा गएर आजकै दिन जन्मिएका बालकले तेरो हत्या गर्नेछ भन्ने आकाशवाणी गरेपछि कंशले उक्त दिन जन्मिएका सबै बालबालिकालाई मार्न लगाएको प्रशंग धर्मशास्त्रमा पाइन्छ । श्रीकृष्णका मनमोहन, राधाकृष्ण, केशव, गोपाल, श्याम, घनश्याम, मुकुन्द, गोविन्द, मुरारी लगायत धेरै नाम छन् ।

आजको दिन शुद्ध भएर भगवान श्रस्कृष्णको पूजा गरेमा सन्तान, दीर्घायु र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवजातीलाई मुक्ति दिलाउन भगवान विष्णुले श्रीकृष्णको रुपमा पृथ्वीमा जन्म लिएको दिनको रुपमा आज धुमधामसँग श्रीकृष्ण जन्माष्टमी पर्व मनाइने गरिन्छ । यसैबीच सरकारले सोही पर्वको अवसर पारेर सार्वजनिक विदा समेत दिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top