×

NEPAL TIMES UPDATES

Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026

दार्चुलामा बाढीपहिरोका कारण ३ जनाको मृत्यु, दुई जना बेपत्ता

१४ भाद्र २०७८

१४ भदाै, दार्चुला ।

दार्चुलाका विभन्न भेगमा आएको बाढी र पहिरोका कारण ३ जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् ।

Advertisement
Advertisement

आइतबार राति आएको बाढिपहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो ।

पहिरोले घर पुरिँदा दुहु गाउँपालिका-१ बासपालिकाका नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भएको छ । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले उनीहरूको पुरिएर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले बताए ।

यस्तै दुहु गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको हो ।

बाढीले घरजग्गासहित पुल जलविद्युत, पानी घट्ट र पशुचौपापायामा समेत क्षति पुर्‍याउको छ । यो क्षेत्रमा पाँचवटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल पनि बगेको स्थानीयले बताएका छन् ।

त्यस्तै वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की वेपत्ता भएको स्थानीय दिलिपसिह कार्कीले जानकारी दिए ।

निजाङगाडकै खोलाले दार्चुला–तिंकर सडक मोटरेबल पुल, दुइटा झोलुंगे पुल बगाएको छ । यो क्षेत्रम रहेका आधार्दजन घर तथा पसलहरु बगाएको छ ।

दार्चुला तिंकर सडक खण्डकिो निजाङगाड पुल बग्दा दुहुँ र व्याँस गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ । दुहुँ ३ को श्रीवगडमा निजाङगाडले पूर्ण बहादुर बम, नरेन्द्र बहादुर बम, दिपक बम, रणबहादुर बम धिरेन्द्र बम, शेरबहादुर बमको घर बगाएको छ । यस्तै महाकाली नगरपालिका १ को श्रीबगडमा देव बहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जित बहादुर बमको होटल तथा पसल बगाएको छ ।

यस्तै निजाङगाड खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोष्ट भवनको आधा भाग बगाएको छ । अहिले घट्नास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीयहरु पुगेका छन् ।

वारीपारी जाने बाटो नहुँदा स्थानीयलाई उद्धारमा समस्या भएको छ । अहिले यो क्षेत्रमा तुइन लगाएर भए पनि समान सार्न सुरक्षाकर्मी परिचालन गरिदै छ । निजाङगाड खोलाले खानेपानीको मुहान र पाइप बगाएपछि श्रीवगड क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । राती दुई बजे देखि स्थानीयले पानी खान पाएका छैनन् ।

वानाला खानेपानी योजनाबाट महाकाली नगरपालिका १, श्रीवगड र दुहुँ गाउँपालिका ३ श्रीवगडमा खानेपानी ल्याइएको थियो । महाकाली नगरपालिकाको श्रीवगडमा ४० परिवारको बसोबास छ भने दुहुँको श्रीवगडमा १५ परिवार बस्दै आएका छन् ।

Advertisement

अहिले गाउँमा पानी नभएपछि समस्या भएको स्थानीय मानबहादुर बमले बताए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top