धादिङमा मिनिट्रक दुर्घटना हुँदा २० जना घाइते, ४ जनाको अबस्था गम्भिर

१४ भदाै, धादिङ।

Advertisement

धादिङकाे नीलकण्ठ नगरपालिकास्थित बगैँचा भन्ने स्थानमा भएको सवारी दुर्घटनामा परी २० जना यात्रु घाइते भएको छन् ।

जिल्लाको ज्वालामुखी गाउँपालिकास्थित खरी भन्ने स्थानबाट सदरमुकामतर्फ आउँदै गरेको स्वराज मिनि ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ ।

Advertisement

मिनि ट्रकको ब्रेक फेल भई रोकिराखेको ट्रिपरमा ठक्कर खाएको थियो । ग्रामिण सडकबाट आएको सो ट्रक दुर्घटनाको कारण ब्रेकफेल भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सामान्य घाइतेहरुलाई धादिङ अस्पतालमा उपचारको लागि लगिएको छ भने गम्भीर घाइते मध्ये चार जनालाई हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ ।

Advertisement

ज्वालामुखी ५ खरीका बलराम अधिकारी, संगिता तामाङ, राजाराम अधिकारी र मिना श्रेष्ठलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ लगिएको हो । घाइते मध्ये अन्य चार जनालाई सामान्य उपचार पछि एम्बुलेन्समार्फत काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top