कोरोना उत्पत्तिबारेको छानविनमा नेपालले निष्पक्ष अडान लिएको भन्दै चीनले दियाे धन्यवाद

१४ भदाै, काठमाडौं ।

Advertisement

कोरोनाभाइरस उत्पत्तिको विषयमा निष्पक्ष अडान लिएर आफूलाई सहयोग गरेको भन्दै चीनले नेपाललाई धन्यवाद दिएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले आज विज्ञप्ति जारी गर्दै नेपालको सहयोगका लागि धन्यवाद दिएको हो ।

भाइरस उत्पत्तिलाई राजनीतिकरण गर्ने कार्यविरुद्ध चीनले नेपालसँग मिलेर कार्य गर्न चाहेको समेत जनाइएको छ । भाइरस उत्पत्तिलाई राजनीतिकरण नगर्न आग्रह गर्दै नेपालसहितका ८० मुलुकले विश्व स्वास्थ्य संगठनका निर्देशकलाई कूटनीतिक नोट लेखेर सहयोग गरेको चीनले जनाएको छ । कोभिड-१९ महामारी नियन्त्रणमा नेपाल र चीनले एकअर्कालाई सहयोग गरेर अन्तर्राष्ट्रिय साझेदारिताको उत्कृष्ट उदाहरण पेश गरेको समेत जनाइएकाे छ ।

Advertisement

महामारीविरुद्ध चीनले नेपाललाई आफ्नो सहयोग निरन्तर रहने उल्लेख गर्दै आफ्नो क्षमताले भ्याएसम्म चीनले थप खोप सहयोग प्रदान गर्ने पनि जनाएको छ ।

महामारी सुरुभएपछि यसको छानविनको लागि चीनले खुला, पारदर्शी र उत्तरदायी दृष्टिकोण पेश गरेको उल्लेख गर्दै विज्ञप्तिमा अमेरिकाले राजनीतिक उद्देश्यले मात्र भाइरस उत्पत्तिबारे दोषरोपण गरेको  चीनले आरोप लगाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top