NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो शुक्रबार कार्तिक ७ , २०८२
सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने शुक्रबार कार्तिक ७ , २०८२
ओली ग्याङको घेरा बन्दीमा एमाले शुक्रबार कार्तिक ७ , २०८२
बुडापेस्ट वार्ता भङ्ग शुक्रबार कार्तिक ७ , २०८२
Next
Prev

समाचार

सबैभन्दा सकुशल र आन्तरिक अन्तर्विरोध नभएको पार्टी माओवादी केन्द्र : देवेन्द्र पौडेल

सोमवार भदौ १४ , २०७८
Reading Time: 1 min read
A A
सबैभन्दा सकुशल र आन्तरिक अन्तर्विरोध नभएको पार्टी माओवादी केन्द्र : देवेन्द्र पौडेल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले वर्तमान सत्तारुढ गठबन्धन कम्तिमा आगामी चुनाव अघिसम्म जाने बताएका छन् । सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनको विकल्प नभएको बताए । वर्तमान संविधान, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रका स्थापित मूल्य, मान्यताहरुलाई स्थापित गराउनका लागि पनि गठबन्धनको आवश्यकता रहेको उनको भनाई छ । गठबन्धनका राजनीतिक दलहरु भित्र विचारमा विविधता भएपनि आधारभुत रुपमा मिल्ने उद्देश्यहरु र साझा विन्दू खोज्दै गठबन्धनलाई अगाडी बढाउने उनले उल्लेख गरे । नेता पौडेलले नेकपा (माओवादी केन्द्र) भित्र मन्त्रि छान्नलाई कुनै सकस नभएको भन्दै पार्टीले जिम्मेवारी दिएको खण्डमा आफू पनि मन्त्रिपरिषद्मा जान तयार रहेको स्पष्ट पारे ।

प्रश्न ः तपाईँहरुले भने जस्तै ओली प्रवृत्तिलाई त फाल्नुभयो, तर एउटा संशय चाहीँ हामी राजनीतिक द्वन्द्वतिर पो फस्यौँ कि, यो गठबन्धनले राजनैतिक अस्थिरता ल्याउने होकि ?
देवेन्द्र पौडेल ः खड्गप्रसाद ओली पूर्व प्रधानमन्त्री पनि हुनुहुन्छ, नेकपा (एमाले)को अध्यक्ष पनि हुनुहुन्छ । उहाँसँग हामी सबैले बृहत वामपन्थी एकतासहित त्यो एकता शक्तिशाली संगठन निर्माण गरेर देशमा एउटा समृद्ध समाजवाद निर्माण गर्ने उच्च अभिलाषासहित उहाँलाई त्यसको लिडरशिप गर्ने सोचसहित हामीले प्रधानमन्त्री बनायौँ । उहाँलाई नेता मान्यौँ । एकता बचाउन पहल ग¥यौँ । त्यो सम्भव भएन । आफ्नो पार्टी, आफ्नो संसदीय दलको त कुरै छोडौँ । हिजो कसैले निकै मेहनत गरेर बनाएको संविधानका कतिपय धाराहरुलाई पनि अपव्याख्या गर्ने प्रकृतिका कामहरु भए । त्यसकारणले देश बाध्यतावश अर्को कोर्शमा प्रवेश ग¥यो । त्यसको हामीले खण्डन गर्नुप¥यो । विरोध गर्नुप¥यो । र हामीसबै हिजो नसोचिएका, कल्पना नगरिएका शक्तिहरुसँग गठबन्धन गर्न हामी अगाडी बढ्यौँ । गठबन्धनको चुनौती भनेको यही बिचबाट ओलीजीले बनाएको भद्रगोल देशको राजनीतिक परिदृश्यलाई सम्हालेर देशको संविधान, लोकतन्त्र, कतिपय हाम्रा अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धहरु त्यसको साथसाथै देशको प्रणालीलाई कमसेकम धेरै गुणात्मक रुपमा प्रगतिको पथमा लिएर जान नसकेपनि एउटा ट्रयाकमा लिएर जाने चुनौतीसहित गठबन्धन बनेको छ । मलाई जहाँसम्म लाग्छ, केही संशय, आशंका र ढिलासुस्तीहरु प्रकट भएका छन् । तर त्यसका बाबजुद पनि अर्को कुनै विकल्प छैन । छिट्टै गठबन्धनले यो प्रक्रियाको सुनिश्चित भएर संविधान, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र यी सबै स्थापित मूल्य, मान्यताहरु सुनिश्चिततापूर्वक अगाडी बढीरहन्छन् भन्ने कुराको सुनिश्चितता नहुँदा सम्म गठबन्धन कायम रहिरहन्छ ।
प्रश्न ः गठबन्धनलाई बलियो बनाएर लैजाने अरु आधारहरु के – के हुन् ?
देवेन्द्र पौडेल ः दार्शनिक, वैचारिक हिसाबले आधारभूत रुपमा विचार मिल्ने अथवा दृष्टिकोण मिल्नेहरु बीचमा पार्टी एकता हुनसक्छ । यो गठबन्धन भनेको हामीले सहज र स्वभाविक रुपमा बुझ्ने कुरा के हो भने कुनै तात्कालीन कुनै उद्देश्यको निम्ति गरिने एकतालाई हामीले गठबन्धन भन्छौँ । यद्यपी यो शब्दले कहीँ न कहीँ तादाम्यता मिल्छ मिल्दैन त्यो पनि हाम्रो छलफल हुने गरेको छ । तर फेरीपनि यो एक प्रकारको संयुक्त मोर्चाको रुपमा प्रकट भएको, तत्कालीन ओलीजीले गरेका क्रियाकलाप र गतिविधिहरुसँग असहमत प्रकट गर्नेहरु बिचको यो मोर्चा हो । यसमा पछिल्लो स्थितिमा महन्थ ठाकुरजीहरु पनि यो वा त्यो रुपमा प्रतिनिधिसभामा प्रकट हुनुभयो । त्यो अर्कै समिक्षाको विषय होला । तर मुल रुपमा ओलीजीको क्रियाकलाप र गतिविधिसँग विमति राख्नेहरुको बीचको तत्कालिन कार्यगत एकताको रुपमा प्रकट भएको यो गठबन्धन हो । अब यो आधिकारिक रुपमा नै विचारको तहसम्म गएर समाजवाद ल्याउने बेलासम्म सँगै जान्छ, म भन्न सक्दिनँ । तर यसले न्यूनतम रुपमा, निकट भविष्यमा नै हुने चुनावहरु पनि छन् । निकट भविष्यमा हुने संयुक्त रुपमा हुने गतिविधि र क्रियाकलापहरु छन् । निकट भविष्यमा हामीले सम्हाल्नुपर्ने, सुधार्नुपर्ने अन्तर्राष्ट्रिय चुनौतीहरु छन् । सम्बन्धका कुराहरु छन् । यी सबै कुराहरुलाई एउटा ट्रयाकमा ल्याउने अवधिसम्म गठबन्धन सकुशल जान्छ । जानुपर्छ र लैजानुपनि पर्छ । अन्यथा फेरी राजनीतिक अस्थिरताको चक्र प्रकट हुन्छ र झन अस्थिरतातिर देश जान्छ । त्यसकारणले मैले बुझे अनुसार केही समयसम्म यो गठबन्धनले विचारमा विविधताका बाबजुद पनि आधारभुत रुपमा मिल्ने उद्देश्यहरु खोज्दै, साझा विन्दू खोज्दै अगाडी बढ्ने चुनौती ग्रहण गरेको छ । अगाडी बढ्छ ।

प्रश्न ः संसदमा हेर्दा तपाईहरुसँग बहुमत छ, तर संख्यात्मक हिसाबले ठुलो प्रतिपक्ष छ । तपाईहरुको गठबन्धनले संख्या पुगेको हो तर ठुलो प्रतिपक्ष छ । यसले सडक र सदनमा असर गर्न सक्छ, यसलाई हामीले कसरी हेर्नुपर्छ ?
देवेन्द्र पौडेल ः म पुनः त्यही कुरा दोहो¥याए, तत्कालिन प्रधानमन्त्री केपी ओली निकै सकुशल अवस्थामा सदनभित्रको गणितमा पनि, मनोविज्ञानमा पनि, जनमतमा पनि एउटा शक्तिशाली प्रधानमन्त्रीका रुपमा उहाँ आउनुभएको हो । पछिल्लो स्थितिमा अघि भनेजस्तै उहाँका क्रियाकलाप र गतिविधिले परिस्थिति अर्का ठाउँमा पुग्यो । र फलस्वरुप नचाहदा नचाहदै पनि, नराम्रो हो भन्दाभन्दै पनि अध्यादेशको अध्यायमा प्रवेश गर्नुप¥यो । किनभने सदन चलाउनलाई, सरकार चलाउनलाई सदनमा बहुमत चाहिन्छ । सरकारले बिजनेश नदिइकन सदन चल्दैन । सदनमा सरकारको बहुमत भएन भनेदेखि त कुनैपनि बिल पेश हुदैनँ । त्यसकारणले गर्दापनि सरकारको बहुमत सदनमा कहीँ न कहीँ प्रकट हुनुपर्छ । त्यसो भएर अध्यादेशको बाटो लिनुप¥यो । किनभने प्रतिगमनलाई रोक्ने भनेको हुँदाखेरी प्रतिगमनलाई सच्याउने उद्देश्यसहित अध्यादेश आएर सदनमा बहुमत पु¥याइएको हो । त्यसको निम्ति तत्कालिन नेकपा(एमाले)को विभाजन अनिवार्य थियो । विभाजनको लागि सहज बनाउने उद्देश्यसहित अध्यादेश आयो । र अध्यादेशले कहीँ न कहीँ एउटा आकार लिइसकेपछि सदन भित्रपनि गठबन्धन बहुमतको रुपमा छ । हालको प्रतिपक्षी जसको संसदीय दलको नेता केपीजी हुनुहुन्छ । उहाँहरुको पनि गणितिय रुपमा उपस्थिति छ । तर झन्डैझन्डै प्रतिनिधि सभाको आयु भनेको डेढ वर्ष हो । डेढ वर्षसम्म यो गठबन्धन जान्छ । त्यसकारणले गठबन्धनका सहभागी पार्टीहरु डेढ वर्ष सँगै जाने एकप्रकारको प्रतिवद्धता प्रकट गरेको हुँदाखेरी जतिसुकै ठुलो संख्यामा प्रतिपक्षी रहेपनि सरकार आफ्ना क्रियाकलाप र गतिविधिलाई अब सकुशल भएर अगाडी बढ्छ । त्यो कुरा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयले एकप्रकारले इंकित गरिसकेको छ ।

प्रश्न ः अध्यादेशले अरु पार्टी विभाजन त भए, तर माओवादी भित्रपनि त्यसको असर पर्नसक्छ नि । कतै माओवादी केन्द्रपनि विभाजन हुने त होइन ?
देवेन्द्र पौडेल ः अहिले भर्खरै हामी केन्द्रीय समितिको बैठक बस्यौँ । केन्द्रीय समितिको बैठक बस्दाखेरी केन्द्रीय समितिको बैठकको एजेण्डा तयार गर्न स्थायी समितिको बैठक बस्यौँ । केन्द्रीय समितिको बैठक बसिसकेपछि फेरी स्थायी समितिको बैठक बस्यौँ र पुरै देशभरी कार्यविभाजन गरेर हामी गएका छौँ । अधिकाशं वडाहरुमा वडा सम्मेलन भइसकेको छ । मैले यो दृष्टान्त किन पेश गर्न खोजेको भने अहिले भएका पार्टीहरु मध्ये सबैभन्दा सकुशल पार्टी, आन्तरिक अन्र्तविरोध नभएको, विचार, नीति र नेतृत्वप्रति तादाम्यता मिलेको पार्टी भएको हुँदाखेरी यहाँले भनेजस्तै कतै त्यो २० प्रतिशत संख्याको निर्णयले माओवादी पार्टीलाई पनि प्रभाव पर्छ कि भन्ने जो अनुमान बाहीर हल्ला गरेका छन् । त्यस्तो कुनैचाहीँ गुञ्जायस छैन । सबभन्दा सकुशल, सबभन्दा दृढतापूर्वक अगाडी बढ्ने स्थितिमा माओवादी छ र त्यसलाई चुनौतीको रुपमा ग्रहण गरेको छ । यो अवसरलाई पार्टी पुर्नगठनको चुनौतीको रुपमा हामीले प्रयोग गर्न सक्छौँ कि सक्दैनौँ भन्ने चुनौती चाहीँ छ । तर अब दायाँबायाँ हुने अवस्था छैन ।

प्रश्न ः सरकारले कहिलेसम्म पूर्णता पाउँला ?
देवेन्द्र पौडेल ः मैले बुझे अनुसार एक, दुईदिन भित्रमा । यद्यपी कतिपयको अनुमान चाहीँ निर्वाचन आयोगले सम्बन्धित दलका जो अस्ति अध्यादेशबाट प्रभावित भएका दलहरुको निर्वाचित जनप्रतिनिधिहरुलाई २२ गतेसम्म समय दिइएको छ । त्यसो भएर २२ गतेसम्म पर्खिने कि भन्ने प्रसंगहरु पनि चलेका छन् । तर मैले बुझे अनुसार, हिजो र आज भएका गठबन्धनका भेटघाट, कुराकानी र छलफलले दुई, तिन दिन भित्रमा सरकारले पूर्णता प्राप्त गर्छ ।

प्रश्न ः सरकारले गर्नुपर्ने कामहरु के–के र कस्तो हुनुपर्छ ?
देवेन्द्र पौडेल ः यो एभरेजको सरकारको रुपमा होला भन्ने म पूर्वानुमान गर्न सक्छु । राजनीतिक विश्लेषकको हिसाबले स्वतन्त्र रुपमा आफ्नो भनाई राख्दाखेरी कुनैपनि चुनावपछि प्राप्त भएको मतको आधारमा बन्ने सरकारको आयु र गति फरक प्रकारको हुन्छ । यो आकस्मिक रुपमा समयको मध्यावधिमा भएका राजनीतिक उतारचढावका बिचबाट प्रकट भएको, सिर्जना भएको, उम्रिएको यो सरकार हो । त्यसकारणले यो सरकारले गत सरकारले नीति, कार्यक्रम, बजेट ल्याइसकेको अवस्था । त्यो नीति, कार्यक्रम र बजेटलाई प्रक्रियागत हिसाबले कानूनी रुपमा अगाडी बढाइसक्नुपर्ने बाध्यात्मक कानूनी परिस्थिति, त्यसका बिचबाट पनि केही सक्ने कामहरु गर्नसकिन्छ कि भनेर खोजिनीति गर्नुपर्ने अवस्था भएको हुँदाखेरी मैले जो एभरेज भने, एभरेजमा यसले काम गर्न सक्छ । यसका पहिलो चुनौती भनेको स्वास्थ्यको चुनौती हो । आम नेपाली नागरिकले सबैले खोप समयावधिभित्र प्राप्त गरिसक्नुपर्छ । त्यसको प्रक्रिया र त्यसको अध्याय विगतको सरकारले पनि केही गरेको थियो । सबै कुरा नेगेटिभ हामी भन्दैनौँ । त्यसलाई निरन्तरता दिदैँ थप आम नागरिकलाई, सबै नागरिकलाई खोप पु¥याउने गरी यसले आफ्नो प्रक्रियाको सुरुवात गरेको छ र गर्नुपर्छ । त्यो चुनौती स्वीकार गर्नुपर्छ । दोस्रो, खासगरी विदेशसित हाम्रा बिग्रेका सम्बन्धहरु न त हाम्रो चिन सँग सुमधुर सम्बन्ध बन्यो, न त हाम्रो भारतसँग सम्बन्ध बन्यो । न त हाम्रा लिम्पियाधुरा, लिपुलेक र कालापानीका मुद्दाहरु सहजीकरण भए, टेबुल भएर अगाडी बढे, न त हामीले व्यापार, पारवहान, ट्रेड लगायतका कुराहरुलाई ठोस रुपमा अगाडी बढाउन सकेनौँ । गफै गफमा हाम्रो विगत वित्यो । त्यसकारणले धेरै गर्न नसकेपनि अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्ने दोस्रो चुनौती हो । तेस्रो चुनौती भनेको जनताले बढी उठाएको प्रश्न भनेको सुशासनको प्रश्न हो, भ्रष्टाचारको कुरा हो । भ्रष्टाचारलाई न्यूनिकरण गर्ने । शुन्य सहनशिलतामा पु¥याउने, जिरोमा पु¥याउने भन्नेकुरा गफै होला । तर कमसेकम थप हुन नदिने र नियन्त्रण गर्नको निम्ति यो सरकारले भुमिका खेल्यो भने त्यो सरकारको तेस्रो चुनौती हो । चौथो भनेको चालु योजनाहरु निरन्तरता दिने र सम्भव भएका विकास निर्माणका कामहरुलाई पनि कन्टीन्यू गरेर अलिकता तंग्रिन लागिरहेको कोरोना पछिको अर्थप्रणालीलाई । अस्ति प्रस्तुत भएको आर्थिक प्रतिवेदनले पनि देशको आर्थिक चित्र कस्तो छ भन्नेकुरा प्रकट गरेको छ । त्यसलाई सुधार गर्ने र विकास निर्माणका कामलाई नियमित चालु बजेटको साथसाथै निरन्तरता दिने कुरा चाहीँ चौथो यो सरकारका चुनौतीहरु हुन् । यि कुराहरु मोटामोटी रुपमा पुरा ग¥यो भनेदेखि यसको आयु अब डेढ वर्ष छ । यो सरकारलाई सफल सरकारको रुपमा मान्न सकिन्छ ।

प्रश्न ः मन्त्रिपरिषद्मा जाने नेताहरु छान्न पार्टीलाई सकस परेको हो ? आकांक्षि धेरै भएका हुन् मन्त्रिपरिषद्मा जानका लागि ?
देवेन्द्र पौडेल ः यो सिस्टममा गइसकेपछि कसैले आकांक्षा प्रकट गर्नु उसको अधिकारको कुरा हो । संघीय संसदको कुनैपनि सदस्यले, चाहे राष्ट्रियसभामा होस्, चाहे प्रतिनिधि सभामा होस् । उसले जिम्मेवारी प्राप्त गरेर थप भुमिकाको निम्ति कतै माग गर्नु, भनसुन गर्नु, उसको अधिकारको कुरा हो र हामीले संविधानमा पनि त्यो व्यवस्था गरेका छौँ । त्यसकारणले आकांक्षा र सिमित सिटको सन्तुलन कसरी मिलाउने भन्ने कुरा लिडरशिपको कुरा हो । लिडरशिपले कतिपय पार्टी भित्रका जिम्मेवार व्यक्ति र व्यक्तित्वहरुलाई कुन कुन भुमिकामा कसरी सेट गर्ने भन्ने कुरा कला पु¥याएर, सबैको भुमिका सुनिश्चित हुनेगरी, कतिपय पार्टीका जिम्मेवारीहरु पनि होलान् जस्तो अहिले सरकारको नेतृत्व गरेको पार्टी महाधिवेशनको प्रक्रियामा छ । माओवादी पार्टीले पनि सम्मेलनको घोषणा गरिराछ । अर्को पार्टी पुर्ननिर्माणको प्रक्रियामा छ । पार्टी र सरकारको कामको बिचको कार्यविभाजन सम्बन्धित पार्टीका लिडरले मिलाउने कुरा हो । मलाई जहाँसम्म लाग्छ, अरु पार्टीको पनि मिलाउलान् । हाम्रो पार्टी त्यस्तो ठुलो समस्यामा बाहीर प्रस्तुत भएजस्तो दिनदिनै मन्त्रिमण्डल छान्नको निम्ति बैठक, दिनदिनै रस्साकस्सी, दिनदिनै घेराबन्दी, दिनदिनै अप्ठ्यारोको स्थितिमा छ कि भन्ने अनुमान मात्रै हो त्यस्तो स्थिति छैन । दुईजना मन्त्रि गइसक्नुभाछ । अब बाँडचुड गर्दाखेरी ४,५ भन्दा बढी पक्कैपनि आउँदैन । चार, पाँचजना छान्ने कुरा दिनदिनै बहस गर्ने, मिटिङ गर्ने विषय होइन । हामीले एक ढंगले प्रचण्डलाई पार्टीको अध्यक्ष भएको हुँदाखेरी उपयुक्त निर्णय गर्ने अधिकार उहाँलाई दिएका छौँ । सम्भवत्ः यो कारणले अल्झेको भन्दापनि विभिन्न दलहरु बिचका विभिन्न आन्तरिक कारणले र निर्वाचन आयोगसँग सम्बन्धित कारणले अल्झेको हुँदाखेरी यो विषय लामो भयो । लामो हुनुहुन्थेन । देशप्रति, जनताप्रति अलि गम्भिर बनेर, अलि परिपक्व बनेर जान सक्नुपथ्र्यो । तर मान्छे छान्न नसकेर चाहीँ रस्साकस्सी परेर लामो भएको होइन । यो सहज रुपमा टुंगिन्छ ।

प्रश्न ः मन्त्रिका लागि तपाई आफ्नो दाबेदारी चाहीँ छ कि छैन ?
देवेन्द्र पौडेल ः मैले व्यक्तिगत रुपमा भन्ने विषय भन्दापनि पार्टीले निर्णय गर्ने विषय हो । मन्त्रि, प्रधानमन्त्रीको आशा र अपेक्षा गरेर हामी राजनीतिमा लागेको होइन । निकै कहालीलाग्दो स्थितिमा जनताको परिवर्तन र मुक्तिका निम्ति लागेको हो । विभिन्न साथीहरुले विभिन्न चरणमा यो प्रकृतिको जिम्मेवारीहरु पनि सम्हाल्दै आएको हुँदाखेरी त्यो प्रक्रियाको कहीँ न कहीँ जिम्मेवारी प्राप्त गर्ने इच्छा, आकांक्षा, चाहाना मेरो पनि होला । तर त्यो भन्दा ठुलो कुरो पार्टीको निर्णय हो । त्यसकारण पार्टीले जे निर्णय गर्छ त्यो निर्णयलाई दृढतापूर्वक पालना गरेर अब तपाईँ पार्टीको निम्ति राष्ट्रिय सम्मेलन छ यसमा काम गर्नुस् भने भने म त्यसैमा काम गर्छु । होईन, सरकारको नेतृत्व गरेर जानुस् भनेछ पार्टीले भनेपनि त्यसको निम्ति म एकप्रकारको उम्मेदवार हुँ । अरु भन्दा अब्बल हुँ मैले भन्दिनँ । एकप्रकारले त्यो पनि जिम्मेवारी प्राप्त गर्ने प्रतिनिधि सभा सदस्य भएको हुँदाखेरी उम्मेदवार हुँ । यही अर्थमा मलाई बुझ्दा हुन्छ तर हुने, नहुने कुराले मलाई कुनै मानसिक तनाव पनि दिदैन । केहीपनि छैन । म आफ्नो काममा अगाडी बढ्छु ।

लोकप्रीय

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२

विचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२

थप समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो
ताजा समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?
ताजा समाचार

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने
अन्तर्राष्ट्रिय

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओली ग्याङको घेरा बन्दीमा एमाले

शुक्रबार कार्तिक ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.