दिल्लीबाट फर्किएपछि झलनाथले भने – ७० वर्ष पुगिसकेँ,अब कार्यकारी पोष्ट चाहिँदैन

१४ भदाै, काठमाडाैँ ।

नवगठित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेबाट आफूहरुले विद्रोह गर्नु परेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता खनालले केपी ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादले एमाले विसर्जनवादको खतरातिर जान थालेपछि आफूहरुले बिद्रोह गरेर नयाँ पार्टी बनाउनु परेको तर्क समेत गरे।

भारतबाट सोमबार आफ्नो स्वास्थ्य उपचार गराएर स्वदेश फर्कनु भएका उनले ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादलाई पार्टी भित्र परास्त गर्न गरिएको प्रयास पनि सफल नभएपछि बिद्रोह गरिएको उल्लेख गर्दै त्यो बिद्रोह नव निर्माणको निम्ति भएको पनि बताए । वरिष्ठ नेता खनालले पार्टीलाई एकतावद्ध बनाएर लैजान पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । उनले निजी स्वार्थलाई लिएर पार्टीमा नआउन पनि आग्रह गरे । वरिष्ठ नेता खनालले भने, ‘यो बिद्रोह हो । विद्रोह सृजनाको निम्ति हो । बिद्रोह उज्ज्वल भविष्यको निम्ति हो । त्यो प्राप्त गर्नका लागि एकतावद्ध भएर अगाडि बढन म सबैलाई आह्वान गर्दछु । त्यो आग्रहका साथमा सबै कमरेडहरुले आफूलाई नयाँ मान्छेको रुपमा रुपान्तरण गर्न जरुरी छ । स्वार्थी मान्छेको रुपमा होइन । निजी स्वार्थलाई लिएर अगाडि बढने होइन । समाजवादको भनेको सामूहिकता हो । सोही ढंगले अगाडि बढने हो ।’

त्यस अवसरमा वरिष्ठ नेता खनालले आफूले पार्टीमा कार्यकारी पोष्टको दावी नगर्ने पनि स्पष्ट पारेका छन् । पार्टी भित्र कार्यकारी पोष्टको दावी गर्ने विचार आफूले नगरेको उल्लेख गर्दै उहाँले ७० वर्ष नाघेका पार्टीका अन्य नेताहरुलाई पनि त्यसै गर्न आग्रह समेत गरे । वरिष्ठ नेता खनालले भने, ‘म ७० वर्ष पुगिसकेका हुनाले मैले अव कुनै कार्यकारी पोष्टको दावी गर्ने विचार गरेको छैन । तर पनि पार्टीले मलाई के दिन्छ, के गर भन्छ, त्यसका लागि चाँही मैले ठाउँ राखेको छु । तर म मेरो आफ्नो तर्फबाट भने मैले कार्यकारी पोष्ट माग्ने कुनै नैतिक अधिकार छैन । किनभने पार्टीको नवौ महाधिवेशनमा ७० वर्षको मापदण्ड राख्ने मुख्य नेता म नै हुँ ।’

वरिष्ठ नेता खनालले आफू बाचुन्जेल देश, राष्ट्र, राष्ट्रियता र क्रान्तिकारी कुम्यनिष्ट पार्टीको निर्माण र विस्तारमा समर्पित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । वरिष्ठ नेता खनाललाई स्वागत गर्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेताहरु मुकुन्द न्यौपाने, बेदुराम भुसाल, राजेन्द्र पाण्डेलगायत बिमानस्थलमा पुगेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top