स्क्रब टाइफस देखिने मौसम ‘साउन–असोज’

स्क्रब टाइफस देखिने मौसम ‘साउन–असोज’

काठमाडौं : स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने भएकाले सजक रहन र ज्वरो आए समयमै उपचार गर्न चिकित्सकले आग्रह गरेका छन् ।

स्क्रब टाइफस विश्वमा नै ज्वरो आउने पाँच प्रमुख कारणमध्ये एक पर्छ । स्क्रब टाइफस ज्वरो ल्याउने एक किसिमको किटाणु हो । ज्वरो आउने कारण थाहा नहुनेमध्ये यो पनि पर्छ । किटाणुले ज्वरो आएको भन्ने पत्ता लागेको सन् २०१५ मा हो । यो किटाणुको पहिलो रिपोर्टिङ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको थियो ।

चिकित्सकहरुका अनुसार यो किटाणुको आक्रणपछि साधारण ज्वरोसँगै दिमाग, मुटु, कलेजोलगायत अन्य अंगहरुमा असर पुर्‍याउँछ । यो किटाणुको आक्रमणबाट मर्ने दर भने नेपालको ठाउँपिच्छे फरक छ । सबै उमेर समूहलाई संक्रमण गर्ने स्क्रब टाइफस किटाणुले साउनदेखि असोजसम्म बढी आक्रमण गर्ने गरेको पाइएको छ । खास गरी जाडो महिनामा यो रोग देखिँदैन ।,याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.