वन्यजन्तुबाट मकै जोगाउन रातभर जाग्राम

१५ भदौ ७८, मंगलबार
Share this
756shares

१५ भदौ, जाजरकोट ।

Advertisement

जाजरकोटको बारेकोट गाउँपालिकामा वन्यजन्तुले अन्नबाली सखाप पार्न थालेपछि किसान हैरान छन् । वन्यजन्तुबाट अन्नबाली जोगाउन यहाँका किसान खेतबारीमै रातभर जाग्राम बस्ने गरेका छन् ।

‘कति बेला बाँदर, स्याल आउँछ, सबै मकै खाएर जान्छ अत्तोपत्तो नै हुँदैन,’ बारेकोट गाउँपालिकाका रतनबहादुर नेपालीले भने, ‘राति पनि सत्न पाइँदैन, खेतमै जाग्राम बस्नुपर्छ ।’ मकैबाली जोगाउन टर्चको भरमा रातभर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

Advertisement

ध्यारगाउँका विष्णु गिरीले तीन रोपनी खेतमा मकै लगाएका छन् । ‘वन्यजन्तुबाट मकै जोगाउन सकिएन भने त पछि के खाने भन्ने चिन्ता हुन्छ,’ उनले भने । बाँदर, स्याल, दुम्सी, भालु लगायतका वन्यजन्तुले मकै खाने गरेको किसानले बताएका छन् ।

मकैबाली यहाँको मुख्य बाली हो । मकैले पनि वर्षभरको खाद्यान्न जोहो नहुने भएपछि आयातित अन्नमा जीवन चलाउनुपर्ने बाध्यता छ

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top