कोभिडको अवस्था हेरेर विद्यालय खुलाइने

१५ भदौ, हुम्ला ।

जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी)ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ ।

सोमबार बसेको बैठकले कोभिडको संक्रमण घटदै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । उनले कोभिड संक्रमण कम हुँदै गइरहेको र सबैतिरबाट विद्यालय खुलाउनु पर्ने माग आएकाले केन्द्रको बैठकले विद्यालय खुलाउन दिने निर्णय गरेको बताए ।

जिल्लाका सातवटै गाउँपालिकालाई विद्यालय सञ्चालनका लागि निर्देशन दिने र अवस्था हेरी गाउँपालिकाले विद्यालय सञ्चालनको लागि सहज गराउने छ ।

गाउँपालिकाले विद्यालय खुलाउँदा अवस्था हेरी स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गराउनाका साथै त्यसैअनुरुपको वातावरणका तयार गरेर मात्र विद्यालय सञ्चालन गराउनुपर्ने कोभिड १९ व्यवस्थापन केन्द्रका संयोजक आचार्यले बताए ।

ती गाउँपालिकामा १३७ सामुदायिक विद्यालयका साथै केही निजी विद्यालय पनि छन् । यसअघि ताँजाकोट गाउँपालिकाका सबै बिद्यालय र नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका दुई गाउँमा भने कोरोनाको जोखिममा पनि विद्यालयहरु सञ्चालन हुँदै आएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top