अमेरिकाले अफगानिस्तानमै छाड्यो ७३ सैन्य विमान र ७० गाडी, कसैले प्रयोग गर्न नसक्ने

१५ भदौ, एजेन्सी ।
अमेरिकी सेनाले अफगानिस्तानको काबुल विमानस्थलमा कयौं विमान र सैन्य गाडी छाडेर गएको छ। तर, छाडिएका साधनहरु काम नलाग्ने बनाइएको छ ।

Advertisement

अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख जनरल केनेथ मेकेन्जीले अमेरिकाले ७३ एयरक्राफ्ट, ७० बख्तरबन्द गाडी र २७ अन्य ठूला साधनलाई काम नलाग्ने बनाएको बताए । उनले भने, ’यी एरक्राफ्ट फेरि कहिले पनि उड्न सक्ने छैनन्, ती साधनलाई कसैले फेरि प्रयोग गर्न सक्दैनन्।’

अमेरिकी सैनिकले काबुल छाडेपछि अमेरिकी पत्रिका लस एन्जेल्स टाइम्सका एक रिपोर्टरले विमानस्थलको एक भिडियो पोस्ट गरेका छन्। जसमा तालिबान लडाकु विमानस्थलको ह्यांगरमा पुगेर अमेरिकी विमानलाई छोइरहेका छन्।

Advertisement

अमेरिकाले आफ्नो अत्याधुनिक रकेट प्रतिरक्षा सिस्टमलाई पनि निष्क्रिय गरेर काबुल विमानस्थलमा छाडेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top