नेप्से परिसूचकमा पहिरो, ६९ अंकले घट्यो बजार

१५ भदौ ७८, बुधबार

१५ भदाै,काठमाडाैँ ।

साताको तेस्रो दिन मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज परिसुचक ३०४७.२६ बिन्दुबाट सुरु भएको सेयर कारोबार २९७५.८४ बिन्दुमा गएर सेयर कारोबार बन्द भएको हो । मंगलबार बजार बन्द हुँदा नेप्से २.२७ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम समेतमा प्रभाव देखिएको छ । कुल २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७ सय १३ किता शेयर १३ अर्ब २५ करोड९६ लाख ९६ हजार एक सय ७ रुपैयामा शेयर खरिद बिक्री भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैकिंङ १.१५, ट्रेडिङ २.८८ ,होटल तथा पर्यटन १.३३, बिकास बैँक ३.४८, हाईड्रो पावर ३.४६ , फाइनान्स ३.०८, नन लाईफ ईन्सुरेन्स २.६३ , उत्पादन २.८१, माइक्रो फाईनान्स २.८२ , लाईफ ईन्सुरेन्स २.५९, म्युचल फण्ड ०.७७ , ईन्भेष्टमेन्ट २.५८ तथा अन्य ३.१८ बिन्दुले शेयर घटेको छ । कारोबारको आधारमा कर्णली बिकास बैँक लिमिटेड शिर्ष स्थानमा रहेको छ ।

मनकामना स्मार्ट लघुवित्तीय संस्था ,सपोर्ट माईक्रो फाईनान्स, करपोरेट डेभलपमेन्ट, सिटिजन म्युचल फण्ड , शिर्ष स्थानमा रहेको छ । आजको कारोबारमा बढि गुमाउनेहरुमा रुरु जलविघुत परियोजना ९.९९, माउन्टेन हाईड्रो लिमिटेड ७.७६, हिमालयन उर्जा बिकासकम्पनी लिमिटेड ६.९२, सिभिल लघुवित्तीय सस्था लिमिटेड ६.५९, गलेम्दी हाईड्रो लिमिटेड ५.९४ प्रतिशतले गुमाएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top