×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

हाम्रो मसल दह्रो छ, खेल जित्छौँः अध्यक्ष ओली

१६ भाद्र २०७८

काठमाडौं: सधैँ राजनीतिक भेटघाटमा व्यस्त हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भने खेलाडीलाई फुटबल खेल जित्न हौस्याइरहेका थिए । सधैँ राजनीतिक भेटघाटमा व्यस्त हुने ओलीले १७ भदौमा हुने नेपाल–भारत मैत्रीपूर्ण फुटबल प्रतियोगिताका नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई हौस्याए । उनले खेलाडीसँग कुनै राजनीतिक कुरासमेत गरेनन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा फुटबल खेलाडीलाई नेपालमा राम्रो अभ्यास र तालिम नभए पनि खेलाडीलाई हौसला दिन उनले कुनै कन्जुस्याइँ गरेनन् । एमाले अध्यक्ष ओलीले नेपालका खेलाडी तुलनात्मक रूपमा अग्ला नभए पनि मसल दह्रो भएकाले खेल जित्ने दाबी गरे ।

Advertisement
Advertisement

‘खेल्न नसकेर नजित्ने कारण छैन । हाम्रा खेलाडीको सरदर हाइट कम छ’, उनले भने, ‘तैपनि हाम्रा मसल दह्रो भएकाले खेल जित्छौँ । यस मैदानमा जित्नका लागि आएका छौँ भनेर खेल खेल्ने हो ।’ उनले फुटबल खेल जितेर अन्य खेलको असुल उपर गर्न खेलाडीलाई आग्रह गरे । उनले खेलाडीलाई हरेस नखान र मनोबल उच्च राख्न आग्रहसमेत गरे ।

उनले फुटबल खेल म्याराथन जस्तो नभएको समेत स्पष्ट पारे । ‘यो खेलमा लगातार कुद्नुपर्दैन । एउटा पोस्टबाट अर्को पोस्टको लम्बाइ ८० मिटर । त्यो ८० मिटर कुद्नुपर्दैन’, उनले भने, ‘फुटबलमा रिले दौड जस्तै सय मिटर खुर्र कुद्न सक्नुपर्छ अनि खेलको बीचमा आराम गर्नुपर्छ । अनावश्यक दौडिएर हुँदैन । एकअर्कालाई पास दिएर खेल्नुपर्छ ।’

उनले अलिकति डिफेन्सिभ भए पनि हरेस नखान खेलाडीलाई आग्रह गरे । उनले हाफ टाइमभन्दा अगाडि अर्काले खुरुखुरु चार गोल गरे पनि हाफ टाइमपछि बाँकी रहेको समममा पाँच गोल हान्न आग्रह गरे । ‘हाफ टाइमभन्दा पछि आफ्नो तेज देखाउनुहोस्’, उनले भने, ‘भरसक विपक्षीले भन्दा अगाडि हामीले पहिलो गोल गर्नुपर्छ अनि विपक्षीको मनोबल अलिक कमजोर हुन्छ । ’

Advertisement

उनले दोस्रो गोल आफूलाई सुरक्षित राख्नका लागि हान्न आग्रह गरे । विपक्षीलाई गोल गर्न मौका नदिनुपर्ने उनको भनाई रहेको छ ।, याे समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top